आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँट हुने भएको छ।
लघुवित्तको आईपीओ आइतबार बिहान ९ः३० बजे बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा हुने भएको हो। कम्पनीले फागुन ११ गतेदेखि सर्वसाधारणका लागि १ लाख ६९ हजार ७५५ कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो । जसमा १६ लाख ९ हजार ५८६ जनाले कुल १ करोड ७८ लाख ८ हजार कित्ताको लागि आवेदन दिएका छन । जुन मागभन्दा १०४ दशमलव ९० गुणा बढी आवेदन हो ।
माग भन्दा बढी आवेदन परेको हुदा गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसले गर्दा १६ हजार ९७५ आवेदकले १० कित्ताको दरले मात्र शेयर हात पार्नेछन् भने बाकी १५ लाख ९२ हजार ६११ जनाको भने हात खाली हुनेछ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सनराइज लिमिटेड रहेको छ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी सिंगल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।
हाल कम्पनीमा संस्थापकतर्फबाट चुक्ता भएको पूँजी ४ करोड २० लाख रूपैयाँ रहेको छ । सर्वसाधारणमा आईपीओ जारी पश्चात् कम्पनीको चुक्तापूँजी ६ करोड २३ लाख ३८ हजार रूपैयाँ पुग्नेछ । आर्थिक वर्ष २०७७/ ७८ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी ६ करोड ४७ लाख ४३ हजार सञ्चित नाफामा रहेको छ ।
जति हालेपनी पर्दैन हजुर के गर्नु।😭😭😭😭😭😭