×
बिपिडब्लु लघुवित्तको आईपियोमा १७३ गुणा बढी आवेदन , जम्मा ८ हजार जनाले १० कित्ता पाउने।



बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदनको ओहिरो लागेको छ।

सोमबार साँझ ५ः०६ बजेसम्म कम्पनीको आईपियोमा १२ लाख ७५ हजार ४ सय ३५ जना आवेदकबाट १ अर्ब ४० करोड २७ लाख ८०  हजार रुपैयाँ बराबरको १ करोड ४० लाख २७ हजार ८ सय कित्ता शेयरको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जनाएको छ। जुन सर्वसाधारणलाई  निष्कासन गरेको भन्दा १७३ दशमलव २८ गुणा बढी आवेदन हो। हालको आवेदन हेर्दा जम्मा ० दशमलभ ६३ प्रतिसत आवेदकले १० कित्ताका दरले सेयर हात पर्ने देखिन्छ।

कम्पनीले फागुन १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले जारी पूँजी रू.३ करोड बराबरको ३२ दशमलव ३३ प्रतिशतले हुन आउने  ९७ हजार कित्ता शेयर आईपीओ विक्री गर्न लागेको हो । कुल कित्ता शेयरमध्ये ९ हजार ७०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा यसअघि नै निष्कासन गरिसकिएको छ ।

बाकि रहेको सेयर मध्य १ हजार ५०० कित्ता शेयर कर्मचारीहरू तथा ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर ८० हजार ९५० कित्ता शेयर भने सार्वजनिक निष्कासनमा ल्याएको हो जसमा सर्बसाधारणले आवेदन दिन सक्ने छन्। उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि छिटोमा फागुन २३ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड छ । आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

यस कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ ८६ रूपैयाँ ७८ पैसा रहेको छ । आर्थिक वर्ष ०७७/७८ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी ४९ लाख ६० हजार रुपैयाँ सञ्चित नोक्सानीमा छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस