


एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।
संस्थाको आइतवार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/ ०७९ का लागि १४ दशमलव ७५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । हाल कायम चुक्तापूँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँको १४ दशमलव ७५ प्रतिशतले हुन आउने २५ करोड ६५ लाख ६७ हजार ४०० रुपैयाँबराबरको नगद लाभांश उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट वितरण गर्ने प्रस्ताव गरेको हो।
कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक बाट स्वीकृत भएपछी कम्पनीको साधारण सभाले पारित गरेर शेयरधनीले पाउने छन् ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments