KSY 9.22 -0.19 ANLB 4453.1 47 SMH 1064.8 5.9 CFCL 647 27.1 UNLB 2527 -3.9 SHEL 242.9 -4.7 CCBD88 1123.1 6.1 DORDI 429 -3.3 KBLD86 1115 0 C30MF 9.74 0 PBD85 1079.9 19.9 ILBS 980 -21.5 GBILD86/87 1030 4 BNT 14350 -50 RADHI 397.9 7.9 UNHPL 266 0 CYCL 1540 -7 EHPL 840 7.9 MMF1 8.98 0.1 SHL 512 -4.5 MBL 255 -4 SNLI 585.1 -0.9 AHPC 267 -0.6 EBLD86 1040 -2 SALICO 747 -9.1 PHCL 465.1 -9.9 MLBSL 2000 -26 SCBD 1111 6 ALBSL 1040 -4 NIFRA 280 -5 DOLTI 538 10 GMFIL 623 1 NHDL 570 0 NABBC 631 -12 NBF3 9.04 0.17 CIZBD86 1060 -10 JSLBB 1513.9 38.9 NBBD2085 1100 0 SLBSL 1398.4 21.4 MSLB 1564 -70
×
बिपिडब्लु लघुवित्तको आईपीओमा आवेदनको ओहिरो , जम्मा ०.७ प्रतिसत आवेदकले शेयर पाउने।



बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदनको ओहिरो लागेको छ।

आइतबार साँझ ५ः०२ बजेसम्म कम्पनीको आईपियोमा ११ लाख १३ हजार ५८३ जना आवेदकबाट १ अर्ब २२ करोड ९३ लाख ६५ हजार रुपैयाँ बराबरको १ करोड २२ लाख ९३ हजार ६५० कित्ता शेयरको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जनाएको छ। जुन सर्वसाधारणलाई  निष्कासन गरेको भन्दा  १५१ दशमलव ८६ गुणा बढी आवेदन हो। हालको आवेदन हेर्दा जम्मा ० दशमलभ ७२ प्रतिसत आवेदकले १० कित्ताका दरले सेयर हात पर्ने देखिन्छ।

कम्पनीले फागुन १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले जारी पूँजी रू.३ करोड बराबरको ३२ दशमलव ३३ प्रतिशतले हुन आउने  ९७ हजार कित्ता शेयर आईपीओ विक्री गर्न लागेको हो । कुल कित्ता शेयरमध्ये ९ हजार ७०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा यसअघि नै निष्कासन गरिसकिएको छ ।

बाकि रहेको सेयर मध्य १ हजार ५०० कित्ता शेयर कर्मचारीहरू तथा ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर ८० हजार ९५० कित्ता शेयर भने सार्वजनिक निष्कासनमा ल्याएको हो जसमा सर्बसाधारणले आवेदन दिन सक्ने छन्। उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि छिटोमा फागुन २३ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड छ । आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

यस कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ ८६ रूपैयाँ ७८ पैसा रहेको छ । आर्थिक वर्ष ०७७/७८ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी ४९ लाख ६० हजार रुपैयाँ सञ्चित नोक्सानीमा छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस