×
Lagani
Lagani Shiksha gif
लघुवित्त पीडितले गरेलघुवित्तका कर्मचारी माथि हातपात !



जीवन विकास लघुवित्त वित्तीय संस्थाका कर्मचारीमाथि हातपात भएको छ।

शनिबार मोरङको कुर्सियामा आन्दोलनरत लघुवित्त पीडित संघर्ष समितिका सदस्यहरुले जीवन विकास लघुवित्त वित्तीय संस्थाका कर्मचारीलाई हातपात गरेका हुन्। लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजय कुमार मण्डलका अनुसार संस्थाका गौरीगञ्ज शाखामा कार्यरत कर्मचारी त्रिदेव मण्डल माथि मोरङको धनपालथान गाउँपालिकामा हातपात भएको हो।

Lagani Shiksha gif

कर्मचारी माथि हातपात भएपछि घटनाबारे जानकारी लिन पुगेका कर्मचारीहरूसहित स्थानीय दुई जनालाई पनि प्रहरी पक्राउ गरेको मण्डलले जनाए। प्रहरीले विना कारण आक्रमण गर्नेलाई पक्राउ नगरी आक्रमणमा परेका कर्मचारीलाई पक्राउ गरेको भन्दै मण्डलले गुनासो गरे। तर मोरङ प्रहरीका प्रवक्ताले भने लघुवित्तका कर्मचारीलाई प्रहरीले पक्राउ नगरेको दाबी गरे।

उदयपुरकी शशिला थापाको समूहले लघुवित्तका कर्मचारीमाथि आक्रमण गरेको जीवन विकास लघुवित्तले जनाएको छ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस