३३ करोड बढीको आईपीओ निष्काशन गर्दै अपर सोलु

अपर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनीले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले स्थानिय र आम सर्वसाधारणको लागि ३३ लाख ७ हजार ५०० कित्ता शेयर अर्थात ३३ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको शेयर गर्न अनुमति माग्दै बोर्ड पुगेको हो। कम्पनीले शेयर निष्काशन तथा बिक्रीकर्तामा एनएमबी क्यापिटल नियुक्त गरेको छ ।

अपर (माथिल्लो) सोलु जलविद्युत् आयोजना २३.५ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने आयोजना हो । सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले प्रवद्र्धन गरेको आयोजना २०७६ मंसिरमा सम्पन्न भएको थियो । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–७ मा आयोजनाको विद्युत् उत्पादन गृह छ । कम्पनीले आईपीओ निष्काशनको लागि २०७७ चैत्र १६ गते बोर्डमा निवेदन दिएको हो।

आयोजनामा लक्ष्मी बैंकको नेतृत्वमा आठवटा बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडको ७५ प्रतिशत लगानी छ । कम्पनीको इक्विटी २५ प्रतिशत छ । आयोजना चार अर्ब ५० करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो ।

प्रतिक्रिया

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

<bgsound src="/audio65/1.mp3" loop="infinite">

error: समाचार कपि नगर्नु होला , यस्तो गरेको पाहिएमा कानुन अनुसार कारबाही गरिने छ।