NMB 263.9 -7.1 IHL 499 -1 NICL 990.2 -4.8 PRIN 968 4 SPIL 853 -18 NIBLSTF 8.68 0 MFIL 768 48 KPCL 493 -0.8 BNT 14350 -50 NUBL 730 2.8 MFLD85 1050 -20 NICSF 9.5 0.25 CITY 805 -17 CORBL 958.8 -10.2 PFL 652 -1 ADBL 367 -11.1 DLBS 1374 30 RNLI 495.5 1.5 STC 5908 9 SGIC 641.2 -4.8 UNLB 2527 -3.9 GBLBS 738 -10 PBD84 1065 1.7 GILB 1268.4 4.4 SAPDBL 569.6 -7.4 CKHL 632 -8 NICAD8283 1169.8 86.8 GMFIL 623 1 HBLD83 1056.3 0.3 SHLB 1886.9 1.9 ANLB 4453.1 47 NESDO 2229 -18 NABIL 594 3 CBBL 980 1 JBBL 351 -3.1 SBLD84 1040 19.3 MEN 631.1 -3.9 MHNL 265.5 -0.5 SJCL 326 -3.7 CCBD88 1123.1 6.1
×
गरिबलाई मारेर लघुबित्त मोटाउन थालेकाे भन्दै ऋणीहरू आन्दोलनमा



बारामा लघुवित्त संस्थाबाट पिडित भएकाहरुले लघुवित्त संस्थाको ज्यादती बिरुद्ध संगठित हुन थालेका छन् ।

लघुवित्तको चर्को व्याजका कारण घरबार नै बिग्रन थालेपछि बाराका बिभिन्न स्थानका पिडितहरु लघुवित्त संस्थाको बिरुद्धमा नाराबाजी समेत गर्न थालेका हुन ।

बारामा एकै व्यतिलाई समुह बनाएर १५ वटासम्म लघुवित्तले लगानी गरेका कारण पैसा तिर्न नसकेपछि घर मै आएर धाकधम्की दिन थालेपछि पिडितहरु संगठित बाध्य भएर लघुवित्त संस्था खारेज गर ऋणाी मार्ने काम बन्द गरजस्ता नारा लगाएर बिरुद्ध प्रदर्शनमा जम्मा हुन थालेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा न २ सिमराकी कमला पौडेलले अहिलेसम्म ९ वटा लघुवित्त संस्थाबाट ऋण लिएकी छिन । उनले आफुले १ लाखको ऋण लिदा लघुवित्त संस्थाले ५ लाख म्मको ऋण भएको र ब्याजसहित ५ लाखसम्म ऋण लिने गरेको बताएकी छिन । आफुले पटक पटक किस्ता तिरे पनि सवा रकम कहिले पनि नघट्ने गरेको उनि बताउँछिन   ।

समूह र बचत अनुसार लघुवित्तले १ देखि ५ लाखसम्म ऋण दिने गर्छ । १ लाख ऋणमा बीमा, आपतकालीन र सेवा शुल्क गरेर १० हजार काट्छन् । ऋणीको रकम हातमा ९० हजार पुग्छ । अर्का लघुवित्तबाट पिडित बनेकी जीतपुरका राम कोशिला देवीले रुदै भनिन, ‘मेरो छोराले जति कमाएर लिएको ऋण तिरे पनि बैंकले आएर घरमा रहेको गाडी लिएर गएपछि आफ्नो दैनिकी गुजारा गर्ने पनि समस्या भएको र आफ्नो छोरा डरले सधै राति मात्रै घर आउने गरेको दुखेसो पोखिन ।

बारामा लघुवित्तबाट लिएको ऋणको साँवा र ब्याज तिर्न नसकेर घर छाडेर भाग्नेको संख्या हजारौं रहेको रहेको छ । लघुवित्त र सहकारीको ऋण मिटर ब्याज भन्दा कम छैन । बैंकले कम ब्याजदरमा ऋण लगानी गरे पनि त्यसमा सर्वसाधारणको पहुँच छैन । प्रक्रिया नै झन्झटिलो छ । वैदेशिक रोजगारीको लहरले अधिकांश पुरुष विदेशिएका छन् । जीतपुर सिमरा उपमहानगरपालिकाको माना बिश्वकर्मा यतीबेला आधा दर्जन लघुवित्तको पासोमा परेकी छिन् ।

एक बर्ष पहिला लिएको ऋण तिर्न नसकेपछि अहिले उनले दिनकै लघुवित्तका कर्मचारीको गाली सुन्नु परेको छ । आफ्नो नाममा एक धुरसमेत जमिन नभएका मना बिश्वकर्मा ऐलानी जग्गामा साना घर बनाएर बसेका छन् । उनि काम पाएको बेला कहिले लेबरमा काम गर्छिन भने कहिले दाउरा बेच्न सदरमुकाम कलैया र नयाँ बस्ति जाने गर्छिन । लघुवित्तबाट कर्मचारी घरमा आउदा जसरी भए पनि पैसा तिर्न मानशिक तनाव दिने गरेको समेत उनले बताएकी छिन ।

पैसाको अभावमा पिल्सिएका गरिब नागरिकसँग ऋणबारे सचेतना छैन । राज्य र वित्तीय निकायहरू यस्ता सचेतना अभियान चलाउन चुकिरहेका छन् । अनुत्पादनशील क्षेत्रमा ऋणको दुरुपयोग भइरहेको छ । अत्यावश्यक अवस्थामा मानिसले पाएको ऋण लिन्छन् तर उनीहरूसँग फिर्ता गर्ने उपाय र तरिका थाहा नहुँदा समस्यामा पर्ने गरेको लघुवित्त संस्था ज्यादती बिरुद्ध संघर्ष कमिटिको संयोजक कमलेश साह बताउँछन ।

छिटो–छिटो ब्याज समेत सावाँमा जोडिंदै गएपछि आफ्नो ऋण कति पुग्यो ऋणीलाई थाहा हुन छाड्छ । ‘ब्याज पनि सावाँमा जोड्यो भन्छन ‘ऋण कति पुग्यो भन्ने बारे ऋणीहरुलाई थाहा नै हुदैँन ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस