साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले हिलो त्रैमासिक वित्तिय विवरण सार्बजनिक गरेको छ।
पहिलो त्रैमाससम्म संस्थाले रू. १६ करोड ५४ लाखभन बढी खुद नाफा गरेको छ जुन गत वर्षभन्दा १८ दशमलव १२ प्रतिशत बढी हो । खुद ब्याज आम्दानी बढेसँगै कम्पनीको सञ्चालक नाफा पनि यो वर्ष साढे १४ प्रतिशतले वृद्धि भएर रू. २० करोड ७३ लाख ५३ हजार पुगेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २५ करोड १५ लाख ३० हजार छ ।
कम्पनीको जगेडा कोष रकम रू. २ अर्ब ४९ करोड ५७ लाख कायम भएको छ गत वर्षभन्दा १८ दशमलव ३५ प्रतिशत बढी हो ।यस वर्ष रू. ५ करोड ५१ लाख ९८ हजार खराब कर्जा संकलन गरेको कम्पनीको खुद ब्याज आम्दानी करिब १२ प्रतिशत बढी रू. २९ करोड ९२ लाख भएको छ ।
खुद ब्याज आम्दानी बढेसँगै कम्पनीको सञ्चालक नाफा यो वर्ष साढे १४ प्रतिशतले वृद्धि भएर रू. २० करोड ७३ लाख ५३ हजार पुगेको छ ।वार्षिक प्रतिशेयर आम्दानी रू. ५२ दशमलव ८७ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. २९९ दशमलव ४२ छ ।

कम्पनीले प्रकासन गरेको विवरण










