×
Lagani
Lagani Shiksha gif
भोलि देखि निष्कासन हुदै आत्मनिर्भर लघुवित्तको आईपीओ , कति दिने आवेदन ?



आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलि देखि आईपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले  २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ लाख ३ हजार ३८० कित्ता शेयर सर्वसाधारणमा विक्री गर्न अनुमति पाएको थियो । वैदेशिक रोजगारीमा गएका नेपाली कामदारमा विक्री पछि अब ३ हजार ११७ कित्ता शेयर कर्मचारीहरू र १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरि बाँकी १ लाख ६९ हजार ७५५ कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो।

Lagani Shiksha gif
sharehubapk भोलि देखि निष्कासन हुदै आत्मनिर्भर लघुवित्तको आईपीओ , कति दिने आवेदन ?

लगानीकर्ताले  आईपीओ खरीदका लागि छिटोमा फागुन १५ गतेसम्म आवेदन दिन सक्नेछन् भने ढिलो अवधि फागुन २५ गतेसम्म आवेदन दिन सक्नेछन्।आईपीओ खरिद गर्नको लागि लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सक्ने छन् तर हालको अवस्था हेर्दा १० कित्ता आवेदन दिदानै ठिक हुने देखिन्छ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सनराइज लिमिटेड रहेको छ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी सिंगल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

लगानीकर्ताले मेरो शेयर सफ्वेयर र एप मार्फत पनि आवेदन दिन सक्ने छन्।  हाल कम्पनीमा संस्थापकतर्फबाट चुक्ता भएको पूँजी ४ करोड २० लाख रूपैयाँ रहेको छ । सर्वसाधारणमा आईपीओ जारी पश्चात् कम्पनीको चुक्तापूँजी ६ करोड २३ लाख ३८ हजार रूपैयाँ पुग्नेछ । आर्थिक वर्ष २०७७/ ७८ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी ६ करोड ४७ लाख ४३ हजार सञ्चित नाफामा रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस