×
Lagani
Lagani Shiksha gif
सगरमाथा जलविद्युतको आईपीओमा आवेदन दिने आज अन्तिम दिन , कति दिने आवेदन ?



सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडको आईपीओ आज अन्तिम दिन रहेको छ।

कम्पनीले माघ ५ गतेदेखि  पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपाली कामदार र आयोजना प्रभावित स्थानीयका लागि आईपीओ निष्कासन गरेको थियो जसमध्य आयोजना प्रभावित स्थानीयमा विक्री अवधि फागुन ५ गतेसम्म थप गरेको थियो।   कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि प्रतिकित्ता एक सय अंकित दरमा ११ लाख २० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ४ लाख ३६ हजार ८ सय कित्ता सेयर निष्कासन गरेको हो ।

Lagani Shiksha gif
sharehubapk सगरमाथा जलविद्युतको आईपीओमा आवेदन दिने आज अन्तिम दिन , कति दिने आवेदन ?

आयोजना प्रभावितका लागि निष्कासन गरिने आईपीओमा ईलाम जिल्लाका बासिन्दाहरूले आवेदन दिन सक्नेछन। स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताकालागि छिटोमा माघ १९ गतेसम्म र ढिलोमा फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन।

कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले प्रभु बैंक र सेञ्चुरी बैंकको ईलाम शाखा, प्राइम बैंकको मंगलबारे र बिब्लाटे शाखा, आयोजना रहेको स्थान ईलाम नगरपालिका वडा–२ सुम्बेक, गंगतेबेसी साथै प्रभु क्यापिटलले तयार पारेको अनलाइन सम्बन्धी व्यवस्थाबाट समेत आवेदन दिन सक्नेछन।

इक्रा नेपालले यस कम्पनीलाई ‘इक्रा एनपी आइ आर ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमता मध्यम स्तरको भएको जनाउँछ । कम्पनीले इलाम जिल्लामा ९ दशमलव ६ मेगावाट क्षमताको सुपरमाई ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७७ साल जेठ ३२ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस