×
हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार १२ फागुनदेखि



हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार १२ फागुनदेखि सुरू हुने भएको छ।

दुवै बैंक मर्जर प्रक्रियामा गएपछि हिमालयन बैंकको नामबाट एकीकृत कारोबार सुरू हुने लागेको हो। दुवै बैंकको पुस २८ गते सम्पन्न साधारण सभाले मर्जर प्रस्ताव पारित गरेका थिए।

IELTS PTE copy हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार १२ फागुनदेखि

हिमालयनले सिभिललाई १००ः८०.२८ अनुपातमा प्राप्ति गरेको हो । हिमालयन बैंकको सेयरधनीको सेयर संख्यामा कुनै परिवर्तन हुने छैन भने सिभिल बैंकको सेयर कित्ता घट्नेछ। जसअनुसार हिमालयन बैंकको १०० कित्ता बराबर सिभिल बैंकको ८०.२८ कित्ता हुने अनुपातमा मर्जर भएको हो।

डाटा माइग्रेशन प्रक्रियाको लागि हिमालयन बैंकको फागुन ८ गतेको सन्ध्याकालीन काउन्टर सेवा र १० र ११ गते सबै सेवाहरू बन्द रहनेछन्। यस्तै, सिभिल बैंकको भने फागुन ८ गतेदेखि ११ गतेसम्म सबै सेवाहरु अवरुद्ध हुनेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस