ILBS 980 -10 CZBIL 239 -1 MEHL 372 -7 MHCL 377 -13.2 NABBC 616 1 FOWAD 1458.9 10.9 TAMOR 475 -12.9 CMF1 10.58 0 SHPC 519.9 -0.1 MKHC 332 -3.5 SMHL 607 -18 MHL 720 -22 JSLBB 1700 20 NMB 260 2 SARBTM 760 -44 NWCL 1055 76 HURJA 215 -3 SIFC 593.4 -2.8 PMHPL 262.9 -7 GBIME 244.9 -5 BFC 579 7.2 NMBMF 691 -8.8 PMLI 555 5 RMF2 8.65 -0.01 PRVU 237 -4.9 KMCDB 1002 -42 SBCF 8.57 -0.5 SHEL 241.2 -5.8 SCB 688 -2.4 SAGF 9.95 -0.22 SLBBL 1093 99 PFL 637.5 17.6 HATHY 1430 -49 GILB 1255 5 PSF 9.44 0.03 BNHC 489 18.2 NIFRAUR85/86 1000 40.1 LICN 2099 -66 SWBBL 996.1 -18.9 PPCL 246.2 -1.8
×
आजदेखि खुल्यो बिपिडब्लु लघुवित्तको आईपीओ , कति दिने आवेदन ?



बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आज देखि आईपीओ निष्कासन गरेको छ ।

कम्पनीले जारी पूँजी ३ करोड रुपैयाँको ३२ दशमलव ३३ प्रतिशतले हुन आउने प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो । जस मध्य १० प्रतिसत अर्थात् ९ हजार ७०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा निष्कास नगरेको छ । कम्पनीले पहिलो चरणमा माघ २२ गतेदेखि फागुन ८ गतेसम्म वैदेशिक रोजगारीमा गएका नेपालीमा आईपीओ विक्री गर्न लागेको हो ।

लगानीकर्ताले आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्ने छन्। कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड छ । आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

यस कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ ८६ रूपैयाँ ७८ पैसा रहेको छ । आर्थिक वर्ष ०७७/७८ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी ४९ लाख ६० हजार रुपैयाँ सञ्चित नोक्सानीमा छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस