×
कालिञ्चोक दर्शनको आईपीओको नतिजा सार्बजनिक , यस्तो छ हेर्ने तरिका।



कालिञ्चोक दर्शन लिमिटेडको शेयर बाँडफाँट भएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडको कार्यलय नारायणचौर, नक्सालमा बाँडफाँट गर्ने भएको हो । मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँट गर्दा जम्मा ८९ हजार ६ सय ४० जनाले मात्रै सेयर हात पारेका छन् भने बाकि १३ लाख बढी आवेदकको हात खालि रहेको छ ।

कम्पनीको आईपीओमा १४ लाख ७३ हजार ९६९ जना आवेदकहरुबाट १ करोड ६६ लाख ७० हजार ९९० कित्ता शेयरको लागि आवेदन परेको थियो । त्यस मध्ये ८ हजार २०६ आवेदकहरुको आवेदन रद्ध भएको थियो।

कम्पनीले सर्वसाधारणको लागि ८ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्काशनका गरेको हो। आईपीओ निष्काशनका लागि गराएको रेटिङ अनुसार केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यस्तरको जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

कसरि हेर्ने नतिजा :
१) नतिजा हेर्नको लागि शेयर हब एप गर्नुहोला।
२) एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोला।  
३) एप खोलि Services भन्ने अप्सन छान्नुहोला र त्यसपछि IPO RESULT मा जानुहोस।
४) सबैको डिम्याट नम्बर सेभ गर्न (+) मा क्लिक गर्नुहोला अनि नाम र डिम्याट नम्बर टाइप गरि ADD मा क्लिक गर्नुहोला।
५) त्यस पछि BULK CHECK मा क्लिक गर्नुहोला।
६) त्यसपछि तपाईले आफ्नो नतिजा हेर्न सक्नु हुने छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस