×
Lagani
Lagani Shiksha gif
रवि लामिछानेले लेखेका थिए : विधि पद्धति मिचेर गैर सांसद मन्त्री भै छाडे !



अहिले सामाजिक संजालमा रवि लामिछानेले गरेको पुरानो ट्वीट भाइरल भइ रहेको छ।

नागरिकता विवादले उनको संसद पद गए संगै मन्त्रि बन्न दौडधुप गरिरहेको बेला उनको पुरानो ट्वीट भाइरल भएको हो। पुरानो ट्वीटमा उनले गैर सांसदलाई मन्त्रि बनाउडा देशमा विधि पद्धति नभएको भन्दै आलोचना गरेका थिए।  “जे ठा न ठान.. गैर सांसद मन्त्री भै छाडे। विधि पद्धति आदेश परमादेश फ्लोर क्रस र यो लिमिट क्रस…उफ् !!!!” उनले आफ्नो ट्वीटमा लेखेका थिए।

Lagani Shiksha gif
sharehubapk रवि लामिछानेले लेखेका थिए : विधि पद्धति मिचेर गैर सांसद मन्त्री भै छाडे !

उनले आज भन्दा करिब डेढ बर्ष अगाडी लेखेको ट्वीट आज आफैले तगारो बनेको छ। उबेला गजेन्द्रबहादुर हमाल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्दा गैरसांसदलाई मन्त्रि बनाएको भन्दै आलोचना गरेका थिए। चौतर्फी आलोचना भएसंगै मन्त्री भएको ४० घण्टा नबित्दै राजिनामा दिएका थिए।

अहिले उपचुनाव हुनु भन्दा पहिलेनै गृहमन्त्रि हुन् खोजेको कारण उनि फेरी विवादमा परेका हुन्। अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार रवि लामिछानेको सांसद पद खारेज गरेको थियो । यससँगै उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पद पनि गुमाएका थिए ।

त्यसैले उनी अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका थिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस