KMCDB 1027.8 -11.1 MFIL 768 48 NIBD84 1030 -20 BHPL 655.1 -12.7 GRDBL 743 5 SPL 813 -12.1 HBLD83 1056.3 0.3 CMF2 9.21 -0.1 MLBBL 1635 15 USLB 1467 -2.9 ALBSL 1040 -4 SEF 9.51 -0.24 LICN 1995.9 -27.1 GBBL 447 -6 RMF1 9.15 -0.1 SLBSL 1398.4 21.4 SBD87 1048 11.9 CCBD88 1123.1 6.1 NMBD87/88 1027 -3 CGH 909 -5 TSHL 909 -11 SWBBL 1065 2.1 RAWA 889 29 AVYAN 909 -6 KKHC 260 -2 UHEWA 476 -11 SHINE 473 -1.8 WNLB 2650 -80 AKJCL 209 -3 SFCL 704.1 63.6 MMF1 8.98 0.1 AHL 651 2 CZBIL 242 -10 SIGS3 9.45 0.09 PMLI 562 1 GFCL 1051.1 6 TRH 1118 -5 PRSF 9.54 -0.11 PRVU 248 -10 UAIL 639 -1
×
गृहमा फर्किन रवि लामिछानेको दौडधुप , पुन: नियुक्ति गर्दा नराम्रो सन्देश जाने प्रचण्डको बुझाइ !



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गैरसांसदको रूपमा गृहमन्त्री बन्न दौडधुप थालेका छन् ।

शुक्रवार सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध भएको ठहर गर्दै चितवन–२ मा उनी उम्मेदवार बन्न नै अयोग्य रहेको फैसला गरेसँगै एकै पटक उनले चार पद गुमाएका थिए । जसअनुसार उनले सांसद, उपप्रधान एवम् गृहमन्त्री, संसदीय दलको नेता र पार्टी सभापति पद गुमाएका थिए ।तर, आइतबार लामिछानेले जिल्ला प्रशासन कार्यालयबाट अदालतको आदेशअनुसार आफ्नो पुरानो नागरिकता कायम गरेसँगै पुनः गृहमन्त्री बन्न दौडधुप थालेका हुन् । नागरिकता प्राप्त गरेसँगै उनी पार्टी सभापतिको भूमिकामा फर्किसकेका छन् ।

लामिछानेले आइतबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर गैरसांसदको रूपमा ६ महिनासम्म गृहमन्त्री बनाउन प्रस्ताव गरेको रास्वपाका एक केन्द्रीय सदस्यले बताए । ‘उहाँ नेपाली नागरिकता प्राप्त गरेपछि पार्टी सभापतिको जिम्मेवारीमा फर्किसक्नु भएको छ,’ ती केन्द्रीय सदस्यले भने, ‘अब सभापतिज्यूले प्रधानमन्त्रीज्यूलाई पुरानै जिम्मेवारीमा फर्काउन भूमिका खेल्नुपर्‍यो भनेर प्रस्ताव गर्नु भएको छ ।’ उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारीमा फर्काउन सत्ता साझेदार दलले भूमिका खेल्नुपर्ने ती केन्द्रीय सदस्यले जिकिर गरे ।

उसो त आइतबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले गृह मन्त्रालयमा पार्टीको दाबेदारी कायम रहेको निष्कर्ष निकालेको थियो । बैठकपछि प्रवक्ता मुकुल ढकालले गृह मन्त्रालय पार्टीले नै पाउनुपर्ने बैठकको निष्कर्ष रहेको र सोहीअनुसार सभापति लामिछानेले दलहरूसँग संवाद गर्ने बताएका थिए ।

लामिछानेले प्रचण्डलाई भेट्नुअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले भेटेका थिए । प्रधानमन्त्री प्रचण्डलाई ओलीले पनि लामिछानेलाई पुरानै जिम्मेवारीमा फर्काउँदा हुन्छ भन्ने आशयको विचार राखेको प्रधानमन्त्री सचिवालयका एक सदस्यले बताए । प्रधानमन्त्री प्रचण्डले भने तत्काल लामिछानेलाई उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारीमा फर्काउन नहुने धारणा राखेको सचिवालयका ती सदस्यले बताए ।

आफ्नो पक्षमा माहौल बनाउन लामिछानेले आइतबार राति एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेटेका थिए । राति उनी ओलीलाई भेट्न भेट्न बालकोट पुगेका थिए । ओलीसँगको भेटमा पनि उनले गैरसांसदको रूपमा मन्त्री बनाउनका लागि भूमिका खेल्न आग्रह गरेको बताइएको छ ।

जस्तोसुकै अवस्था आए पनि पुनः उपप्रधानमन्त्रीसहित गृहमा आफू फर्किनुपर्ने अडान लामिछानेले ओलीसामु राखेका थिए । उनले उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारीमा नफर्काए सरकारबाट बाहिरिनेसम्मको चेतावनी सत्ता साझेदार दललाई दिएको बताइएको छ ।  तर, नागरिकता र पासर्पोटसम्बन्धी गम्भीर विषयमा लामिछाने मुछिएकाले जिम्मेवारीमुक्त हुने बित्तिकै उनलाई पुनः पुरानै जिम्मेवारीमा फर्काउँदा बाहिर राम्रो सन्देश नजाने प्रचण्डको बुझाइ छ ।

यसैबिच माओवादी केन्द्रले सोमबारका लागि पदाधिकारी बैठक समेत बोलाएको छ । स्थायी कमिटी बैठक स्थगित गरेर राखिएको सो बैठकमा लामिछानेको विषयमा छलफल हुने एक नेताले जानकारी दिए । रातोपाटीबाट 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस