BBC 3700 -28.9 HRL 557 -6.1 CKHL 521 -6.9 SRLI 434.1 -5.9 PCBL 194 -1.9 SADBL 318.2 -6.9 SMHL 436 2 RLFL 385 -3.5 PBLD87 985 6.5 NIFRA 196.5 -2.4 MAKAR 370 -3.9 RBCL 13271 -79 EDBL 388 -6.7 HHL 354 5.1 CMF2 8.16 0.02 CGH 790 3 NTC 830 1 JBBD87 1000 -4 UMHL 237.1 -1.6 MSHL 640 18 GCIL 482 -2.6 HATHY 832 -3 GIBF1 8.16 -0.26 NBL 203 -0.5 SNLI 456 -8 NESDO 1986 58 KBL 136.9 -2.1 MNBBL 347 -5.9 GWFD83 1220 10 SAGF 8.58 -0.09 UNL 39000 -484.2 ENL 838 23.1 NCCD86 1030 -16.6 C30MF 8.27 -0.1 NHPC 146 -2 SGHC 321 -0.9 UAIL 575 -5 SBIBD86 1060 -1.2 BGWT 650 23.1 SINDU 384.6 -5.3
×
आजदेखि खुल्यो आत्मनिर्भर लघुवित्तको आईपीओ कति दिने आवेदन ?



आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले आज देखि आईपीओ निष्कासन तथा विक्री खुला गरेको छ ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूका लागि आईपीओ निष्कासन तथा विक्री खुला गरेको हो । कम्पनीले सर्वसाधारणमा आफ्नो जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ लाख ३ हजार ३८० कित्ता शेयर निष्कासन गर्न लागेको हो ।

कुल निष्कासनको १० प्रतिसत अर्थात् २० हजार ३३८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि विक्री गर्दै छ भने ३ हजार ११७ कित्ता शेयर कर्मचारीहरू र १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरूले माघ १६ गतेदेखि फागुन १ गतेसम्म शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ खरिद गर्नको लागि लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सक्ने छन् तर हालको अवस्था हेर्दा १० कित्ता आवेदन दिदानै ठिक हुने देखिन्छ। कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सनराइज लिमिटेड रहेको छ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी सिंगल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

लगानीकर्ताले  मेरो शेयर सफ्वेयर र एप मार्फत पनि आवेदन दिन सक्ने छन्।  हाल कम्पनीमा संस्थापकतर्फबाट चुक्ता भएको पूँजी ४ करोड २० लाख रूपैयाँ रहेको छ । सर्वसाधारणमा आईपीओ जारी पश्चात् कम्पनीको चुक्तापूँजी ६ करोड २३ लाख ३८ हजार रूपैयाँ पुग्नेछ । आर्थिक वर्ष २०७७/ ७८ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी ६ करोड ४७ लाख ४३ हजार सञ्चित नाफामा रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस