


उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले गत आवको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ६१ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ३ दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि यो प्रस्ताव कम्पनीको आगामी साधारण सभाबाट पारित गरिने छ। साधारण सभाबाट पारित भएपछि शेयरधनीले उक्त लाभांश पाउनेछन् ।
माघ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।पहिलो पटक कम्पनीले शेयरधनीलाई लाभांश वितरण गर्न लागेको हो ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments