×
उपकार लघुवित्तका शेयरधनिलाई बम्पर लाभांश , नगद र बोनस कति ?



उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले गत आवको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ६१ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ३ दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि  यो प्रस्ताव कम्पनीको आगामी साधारण सभाबाट पारित गरिने छ।  साधारण सभाबाट पारित भएपछि शेयरधनीले उक्त लाभांश पाउनेछन् ।

माघ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।पहिलो पटक कम्पनीले शेयरधनीलाई  लाभांश वितरण गर्न लागेको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस