×
Lagani
Lagani Shiksha gif
मन्त्रालयबाट बाहिरिँदै लामिछानेले भने- ‘यतिखेर म परिचय नभएको अनागरिक भएको छुु’



रवि लामिछानेले आफू परिचय नभएको अनागरिक भएको बताएका छन् ।

सांसद पद खारेज भएपछि मन्त्रालयबाट बाहिरिँदै उनले यस्तो बताएका हुन्छ ।  उनले सर्वोच्च अदालतको फैसलालाई आफूले सम्मान गर्ने बताए ।

Lagani Shiksha gif
sharehubapk मन्त्रालयबाट बाहिरिँदै लामिछानेले भने- 'यतिखेर म परिचय नभएको अनागरिक भएको छुु'

उनले अहिले आफू अनागरिक भएकोले कसलाई प्रश्न सोध्नु भएको भन्दै संचारकर्मीलाई प्रतिप्रश्न गरे । ‘अनागरिकलाई प्रश्न गर्नु भएको छ । थाहा छैन । एउटा अनागरिकले के गर्छ ?’ उनले भने, ‘अदालतको फैसलालाई स्वागत गर्छु । म अध्यक्ष छैन, केही पनि होइन । यतिखेर म परिचय नभएको अनागरिक भएको छु ।’

सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासले शुक्रबार अन्तिम सुनुवाइ गर्दै लामिछानेले नेपाली नागरिकता त्यागिसकेकाले उनलाई नेपाली भन्न नमिल्ने अन्तिम फैसलासँगै उनको पद गुमेको हो । मुद्दाको सुनुवाइका लागि सर्वोच्च अदालतले कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा संवैधानिक इजलास गठन गरेको थियो ।

इजलासमा कामु प्रधानन्यायाधीश कार्की तथा न्यायाधीशहरूमा विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा थिए । मंसिर ४ मा सम्पन्न निर्वाचनमा चितवन-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछाने पुस ११ गते उपप्रधान तथा गृहमन्त्री बनेका हुन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस