JBLB 1534 -3 NICAD8283 1169.8 86.8 NIBD2082 1099 0 PRVU 248 -10 BEDC 470 0 HATHY 1322 13 SGIC 641.2 -4.8 SFMF 10.2 -0.2 PSF 9.51 -0.09 NMBD87/88 1027 -3 MND84/85 1030 2 BBC 4255 50 SADBL 419 -1 HBLD83 1056.3 0.3 WNLB 2650 -80 PBLD87 1028 -2 BHPL 655.1 -12.7 NIFRA 280 -5 SSHL 215 0.8 UNLB 2527 -3.9 NIBLSTF 8.68 0 CBBL 980 1 KRBL 613 0 LUK 9.21 -0.09 SWMF 812 -13 SLBBL 958.9 -4.2 NLO 242.1 0 NICGF 10.56 -0.28 JOSHI 305 -6.8 MBL 255 -4 KEF 9 0.28 MBLD2085 1085 6.5 CMF1 10.5 -0.2 NICFC 8.97 -0.33 SIGS3 9.45 0.09 SAPDBL 569.6 -7.4 MKHC 339 -1 MKJC 467.9 -1 UMHL 308 -4 EBLD86 1040 -2
×
बिपिडब्लु लघुवित्तको आईपीओ निष्कासन मिति सार्बजनिक , कति दिने आवेदन ?



बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले सर्वसाधारण लगानीकर्ता तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो।  कम्पनीले जारी पूँजी ३ करोड रुपैयाँको ३२ दशमलव ३३ प्रतिशतले हुन आउने प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो । जस मध्य १० प्रतिसत अर्थात् ९ हजार ७०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा निष्कासन गरिनेछ।

त्यस्तै १ हजार ५०० कित्ता शेयर कर्मचारीहरू तथा ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइने छ र बाकि रहेको ८० हजार ९५० कित्ता शेयर सर्बसाधारणको लागि निस्कासन गर्ने छ।  कम्पनीले पहिलो चरणमा माघ २२ गतेदेखि फागुन ८ गतेसम्म वैदेशिक रोजगारीमा गएका नेपालीमा आईपीओ विक्री गर्न लागेको छ । त्यसपछि कम्पनीले फागुन १८ गतेदेखि सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने छ।

लगानीकर्ताले आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्ने छन्। कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड छ ।आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

यस कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ ८६ रूपैयाँ ७८ पैसा रहेको छ । आर्थिक वर्ष ०७७÷७८ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी ४९ लाख ६० हजार रुपैयाँ सञ्चित नोक्सानीमा छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस