सामलिङ्ग पावर कम्पनीको आईपीओ बाँडफाँट भए लगतै ओपनिङ्ग रेञ्ज कति होला भन्ने चासो सबैमा रहेको छ ।
कम्पनीले प्रकासन गरेको वित्तिय विवरण अनुसार कम्पनीको वास्तविक प्रति शेयर आम्दानि ०.२७ ऋणात्मक रहेको छ भने घाटा १ लाख ४ हजार रहेको छ। त्यस्तै कम्पनीको प्रति शेयर नेटवर्थ रु ९८.७७ रहेको छ। नेप्सेले कम्पैको ओपनिङ्ग रेञ्ज कम्पनीको वास्तविक नेटवर्थको आधारमा तोक्ने हुनाले कम्पनीको ओपनिङ्ग रेञ्ज ९८.७७ देखि २९६.३१ रुपैया हुन सक्ने सम्भावना रहेको छ।

कम्पनीको ६७ हजार ८९० जना सर्वसाधारणलाई १० कित्ताका दरले गोलाप्रथामार्फत सेयर बाँडफाँट गरेको छ । आईपीओमा कुल २१ लाख ९८ हजार ७६४ जनाले आवेदन दिएकामा ९ हजार ९८६ जनाको आवेदन रद्द भएको थियो । उक्त आईपीओमा रितपूर्वक आवेदन दिएका योग्य २१ लाख ८८ हजार ७७८ जनालाई गोलाप्रथामा सहभागी गरिएको थियो ।
कम्पनीले ४ कात्तिकदेखि सात करोड ३० लाख रुपैयाँ बराबरको सात लाख ३० हजार कित्ता साधारण सेयर निष्काशन गरेको थियो । त्यसमध्ये दुई प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि र पाँच प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ६ लाख ७८ हजार ९०० कित्ता मात्रै सर्वसाधारणको लागि वितरण गरिएको थियो ।















