×
१ लाख कित्ता संस्थापक शेयर विक्री गर्दै आशा लघुवित्त , यसरि दिनुहोस आवेदन।



आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ।

कम्पनीले माघ १० गतेदेखि १ लाख ३७५ कित्ता संस्थापक शेयर विक्रीमा ल्याउने भएको हो । उक्त शेयर बिक्रि गर्नको लागि कम्पनीले प्रतिकित्ता रू. ३८० मूल्य तोकेको छ। खरिद गर्न चाहानेले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी माघ २४ गतेसम्म बोलकबोल गर्नुपर्नेछ ।

IELTS PTE copy १ लाख कित्ता संस्थापक शेयर विक्री गर्दै आशा लघुवित्त , यसरि दिनुहोस आवेदन।

उक्त सेयर खारिद गर्न  बोलपत्र पेश गर्दा न्यूनतम ५० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने छ । यो शेयर विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

सेयरको लिलामीको लागि कसरी आवेदन दिने?
धेरै लगानीकर्ताहरूलाई लिलामी शेयरहरू कसरी भर्ने भनेर थाहा नहुन सक्छ। लिलामीमा शेयर आवेदन गर्नु IPO/FPO  र हकप्रद शेयरमा  आवेदन दिनु भन्दा फरक छ। नेपालमा लिलामी शेयरहरूको लागि आवेदन दिन, तपाईंले निम्न चरणहरू पालना गर्न आवश्यक छ:

चरण १ : कम्पनी द्वारा प्रकाशित लिलामी सूचना ध्यानपूर्वक पढ्नुहोस्। उपलब्ध जानकारीको बारेमा पूर्ण रूपमा सचेत रहनुहोस्। तलको उदाहरणमा देखाइएका निर्देशनहरू पालना गर्नुहोस्।

चरण २ : तपाईंले लिलामीमा सेयर कति र कतिमा  किन्नुहुनेहो  मूल्य र मात्रा तय गर्नुहोस् । लिलामी भएको शेयरको संख्या र सेयर बजारको हालको बजार मूल्यका आधारमा मूल्य निर्धारण गर्नुपर्छ । सधैं आफ्नो मूल्य बजार भन्दा कम मूल्य मा सेट गर्नुहोस्। यदि लिलामी शेयरहरूको आपूर्ति ठूलो छ भने, तपाइँ तपाइँको खरीद मूल्य थप कम गर्न सक्नुहुन्छ।

चरण ३  :  सम्बन्धित बिक्रि प्रबन्धक / मर्चेन्ट बैंकरमा जानुहोस्। (कम्पनीले लिलामीको लागि बिक्रि प्रबन्धक चयन गर्दछ)

चरण ४ : बिक्री प्रबन्धकको काउन्टर बाट रु.  १०० मा लिलामी फारम  खरिद गर्नुहोस्।

चरण ५ : खाता नम्बर फारममा दिइएको हुन्छ । त्यहा दिइएको खाता नम्बरमा आफुले लिन चाएको शेयर बराबरको रकम जम्मा गर्नुपर्नेछ। तपाईले खरिद गर्न चाहेको शेयरको कुल रकम तोकिएको बैंक खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।

चरण ६ : बैंकमा रकम जम्मा गरिसकेपछि, फारम भर्नुहोस् र भौचरसँग सिल गरि खाममा बन्द गरेर बिक्री  प्रबन्धकलाई फारम पेश गर्नुहोस्।

चरण ७ : रसिद लिनुहोस् र यसलाई सुरक्षित राख्नुहोस्। शेयर बाँडफाँडको  केहि समय पछि तपाइँको डिम्याट शेयर खातामा जम्मा हुनेछ। यदि तपाईलाई शेयर परेन भने, बोलीको रकम स्वचालित रूपमा तपाईको बैंक खातामा जम्मा हुनेछ

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस