×
Lagani
Lagani Shiksha gif
मुक्तिनाथ विकास बैंकको नाफा ६२ करोडभन्दा बढी , प्रतिशेयर आम्दानी र नेटवर्थ कति ?



मुक्तिनाथ विकास बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले सार्बजनिक गरेको उक्त वित्तीय विवरण अनुसार चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ६२ करोड ६२ लाखभन्दा बढी नाफा कमाएको छ जुन नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ३ दशमलव ९६ प्रतिशत बढी हो । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले गत  रू. ६० करोड २४ लाख नाफा कमाएको थियो ।

Lagani Shiksha gif
sharehubapk मुक्तिनाथ विकास बैंकको नाफा ६२ करोडभन्दा बढी , प्रतिशेयर आम्दानी र नेटवर्थ कति ?

कम्पनीको वितरणयोग्य नाफा रू. ६ करोड ३ लाखभन्दा बढी छ । त्यस्तै  कम्पनीको खुद ब्याज आम्दानी ३३ प्रतिशत वृद्धि भएको छ भने सञ्चालन नाफा ३ दशमलव ९६ प्रतिशत वृद्धि भएको छ । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा पनि बढेको हो ।

कम्पनीले रू. १ खर्ब ९ अर्ब निक्षेप संकलन गरेर रू. ९२ अर्ब १९ करोड कर्जा लगानी गरेको छ ।  दोस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. २ अर्ब १८ करोड रिटेन्ड अर्निङमा रू. ६ करोड ३ लाख सञ्चित गरेको छ । १३ दशलमव ५० प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. ६ अर्ब ४२ करोडभन्दा बढी पुगेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी रू. १९ दशलमव ५१, मूल्य आम्दानी अनुपात २१ दशमलव ५३ गुणा, तरलता अनुपात २२ दशलमव ५४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १३४ दशमलव ९६ छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस