CIZBD90 1081 1 SPC 520 5 PRVU 248 -10 NGPL 472 -2.9 MEHL 380.1 -19.9 KBLD89 1156 1 LBBL 475 -4.8 CMF1 10.5 -0.2 UPPER 214.2 -1.8 SIGS3 9.45 0.09 MLBS 1532.3 -86.7 GBLBS 738 -10 SFEF 9.29 0.22 MAKAR 500 6 SPIL 853 -18 MSLB 1564 -70 NUBL 730 2.8 SICL 832 0 GVL 538.5 -22 NTC 980.1 -2.4 SHINE 473 -1.8 SEF 9.51 -0.24 NESDO 2229 -18 RNLI 495.5 1.5 UNLB 2527 -3.9 FMDBL 758 -0.1 SMJC 574 -6 JBLB 1534 -3 ILBS 980 -21.5 RBCL 17071 -109 RMF1 9.15 -0.1 ULHC 390 -7.9 NICA 452 -13 SLBBL 958.9 -4.2 SJLIC 477 -7.5 SONA 473.2 -7.8 PCBL 292 -2 SIFC 628 10 HLI 472 -4 VLUCL 588 -1.9
×
मुक्तिनाथ विकास बैंकको नाफा ६२ करोडभन्दा बढी , प्रतिशेयर आम्दानी र नेटवर्थ कति ?



मुक्तिनाथ विकास बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले सार्बजनिक गरेको उक्त वित्तीय विवरण अनुसार चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ६२ करोड ६२ लाखभन्दा बढी नाफा कमाएको छ जुन नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ३ दशमलव ९६ प्रतिशत बढी हो । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले गत  रू. ६० करोड २४ लाख नाफा कमाएको थियो ।

कम्पनीको वितरणयोग्य नाफा रू. ६ करोड ३ लाखभन्दा बढी छ । त्यस्तै  कम्पनीको खुद ब्याज आम्दानी ३३ प्रतिशत वृद्धि भएको छ भने सञ्चालन नाफा ३ दशमलव ९६ प्रतिशत वृद्धि भएको छ । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा पनि बढेको हो ।

कम्पनीले रू. १ खर्ब ९ अर्ब निक्षेप संकलन गरेर रू. ९२ अर्ब १९ करोड कर्जा लगानी गरेको छ ।  दोस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. २ अर्ब १८ करोड रिटेन्ड अर्निङमा रू. ६ करोड ३ लाख सञ्चित गरेको छ । १३ दशलमव ५० प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. ६ अर्ब ४२ करोडभन्दा बढी पुगेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी रू. १९ दशलमव ५१, मूल्य आम्दानी अनुपात २१ दशमलव ५३ गुणा, तरलता अनुपात २२ दशलमव ५४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १३४ दशमलव ९६ छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस