SRLI 443.1 -4.9 NLICL 606 -4 LUK 9.21 -0.09 ACLBSL 1035 0 GCIL 498 -5.8 DHPL 242 1 RMF2 9.21 -0.13 NICD83/84 1062 -19 NMBMF 695 -10 LLBS 1050 5 MHCL 410 -7 HIDCL 270.7 -4.1 KSY 9.22 -0.19 SHINE 473 -1.8 ICFC 823.9 74.9 ANLB 4453.1 47 HEIP 381.8 20.8 SPHL 666.9 16.9 PBD85 1079.9 19.9 NUBL 730 2.8 MKHL 493 -6 VLBS 902.5 -7.5 LBBL 475 -4.8 KMCDB 1027.8 -11.1 HURJA 220 -4.6 RMF1 9.15 -0.1 TVCL 461 1 RSDC 735 0 AHPC 267 -0.6 SAGF 9.31 0.01 NWCL 975 -13.9 SAEF 11.22 0.17 RHPL 364 -5.2 SDBD87 1035 4 HIDCLP 183 -2 NIBD2082 1099 0 MKCL 1497 -26 STC 5908 9 SHIVM 599 -8 MMF1 8.98 0.1
×
नबिल बैंकको नाफा ३ अर्बभन्दा बढी , प्रतिशेयर आम्दानी र नेटवर्थ कति ?



नबिल बैंक लिमिटेडले दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्बजनिक गरेको छ।

सार्बजनिक वित्तिय विवरण अनुसार बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३ अर्ब ४१ करोड ७६ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ जुन गत वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा करिब ५७ प्रतिशत बढी हुन् आउछ। कम्पनीले गत वर्ष यस अवधिसम्म २ अर्ब १८ करोड १४ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।

गत वर्षको तुलनामा यस बर्ष वितरणयोग्य नाफा भने घटेको छ ।गत वर्ष १ अर्ब ४५ करोड रूपैयाँभन्दा बढी रहेको वितरणयोग्य नाफा यस वर्ष ९७ करोड १३ लाख रूपैयाँमा झरेको हो। वितरणयोग्य नाफा घटे पनि कम्पनीको सञ्चालन नाफा भने ५६ प्रतिशत बढेको छ । गत वर्ष ३ अर्ब ११ करोड रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष ४ अर्ब ८६ करोड रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको हो ।

यस वर्ष ३ खर्ब ४७ अर्ब ४६ करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको बैंकले ३ अर्ब ५१ करोड ६४ लाख रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । गत वर्ष १ दशमलव ११ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष २ दशमलव ९८ प्रतिशत पुगेको छ ।

१८ दशमलव ५० प्रतिशत बोनस शेयर वितरण गरेको कम्पनीको चुक्तापूँजी २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रूपैयाँ पुगेको छ । त्यस्तै जगेडा कोष रकम २५ अर्ब ५७ करोड रूपैयाँभन्दा बढी छ । कम्पनीको  रिटेन्ड अर्निग १ अर्ब २४ करोड ५१ लाख रूपैयाँभन्दा बढी रहेको छ।

दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी २५ रूपैयाँ ३३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९९ रूपैयाँ १२ पैसा छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस