×
जनताको आँखामा छारो हाल्दै गृहमन्त्री , यी हुन श्रम मन्त्री मेनपावर कम्पनीमा रहेको प्रमाण !

अस्ट्रेलियाको सिड्नीमा इजीलिंक रेमिट्यान्सका ब्रान्ड एम्बासडर रवि लामिछाने र कम्पनीका प्रमुख कार्यकारी अधिकृत डीपी अर्याल, इजीलिंक रेमिट्यान्स अस्ट्रेलियाका प्रबन्ध निर्देशक दीपेन्द्र कार्की



उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जनताको आँखामा छारो हाल्ने काम गरेका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल रेमिट्यान्स कम्पनीका सीईओ र मेनपावर कम्पनीमा रहेको भन्नेबारे प्रश्न गर्दा उनले उहाँले हैन भन्नु भएको छ भनेर जवाफ दिए।

‘उहाँ कुन मेनपावरमा हुनुहुँदो रहेछ। संलग्नता भएको कागजपत्रहरू होला। रजिस्टर गरिएको होला। शेयरधनी लागत होला त्यति त मलाई भनिदिनुभएको भए थाहा हुन्थ्यो,’ उनले भने, ‘उहाँले स्पस्टीकरण समेत दिइसक्नुभयो। कहीँ न कहीँ त दर्ता होला। त्यस्तो मैले देखेको छैन। देख्नुभएको छ भने मलाई खबर गर्नुस् न। सबैभन्दा पहिला कारबाही मै गर्छु।’  लामिछानेले भने।

गृहमन्त्रीको यस्तो जवाफ चित्तबुझ्दो थिएन किनभने सारा जनताले मन्त्री डोलप्रसाद अर्याल रेमिट्यान्स कम्पनीका सीईओ र मेनपावर कम्पनीमा रहेको थाह पाहीसकेका थिए। कम्पनिको आधारिक वेवसाइटमा नाम हुदा हुदैपनि अरु प्रमाण माग्नु गैरजिम्मेवारी पूर्ण कुरा हो।गृहमन्त्रीले प्रमाण मागपछि हामीले प्रमाण फेला पारेका छौ। अर्याल सोझै स्वार्थ बाझिने मन्त्रालयमा मन्त्री बनेर आउनु भनेको गलत हो ।

प्रमाण नम्बर १ : 

सृष्टि अभोरसिज प्रालिको आधारिक वेवसाइटमा मन्त्रिको नाम र पद उल्लेख छ। हिजो दिनभर उक्त वेवसाइट बन्द गरि आज भने उनको नाम हटाइएको छ।

 

dol prasad aryal dp 1 e1674126245977 जनताको आँखामा छारो हाल्दै गृहमन्त्री , यी हुन श्रम मन्त्री मेनपावर कम्पनीमा रहेको प्रमाण !

सृष्टि अभोरसिज प्रालिको आधारिक आधिकारिक वेवसाइट

 

प्रमाण नम्बर २  : 

कम्पनीको आधारिक वेवसाइटबाट नाम र तस्विर हटाएपनि गुगलमा “dol prasad aryal shristi overseas” भनेर सर्च गर्दा कम्पनीको वेवसाइटको लिंक संगै उनको नाम र पद देखिन्छ। वेवसाइटबाट हटाएपनि गुगलले केहि समय सम्म पुरानो डाटा पनि देखाउने हुदा उनको नाम अहिले पनि देख्न सकिन्छ।

321608793 1547228425757755 1637629507996206681 n जनताको आँखामा छारो हाल्दै गृहमन्त्री , यी हुन श्रम मन्त्री मेनपावर कम्पनीमा रहेको प्रमाण !

गुगलमा “dol prasad aryal shristi overseas” भनेर सर्च गर्दा देखिएको नाम।

प्रमाण नम्बर ३  : 

समानुपातिक सांसद बनेका अर्याल इजीलिंक रेमिट्यान्स कम्पनी सीईओ हुन्। उनको पद सहितको तस्बिर कम्पनीको आधारिक वेवसाइटमा थियो तर अहिले त्यो हताइएको छ।

1673950176 9qNIh जनताको आँखामा छारो हाल्दै गृहमन्त्री , यी हुन श्रम मन्त्री मेनपावर कम्पनीमा रहेको प्रमाण !

प्रमाण नम्बर ४   : 

कम्पनीको आधारिक वेवसाइटबाट नाम र तस्विर हटाएपनि गुगलमा “dol prasad aryal easylink ” भनेर सर्च गर्दा कम्पनीको वेवसाइटको लिंक संगै उनको नाम र पद देखिन्छ। वेवसाइटबाट हटाएपनि गुगलले केहि समय सम्म पुरानो डाटा पनि देखाउने हुदा उनको नाम अहिले पनि देख्न सकिन्छ।

Screenshot 2023 01 19 165417 जनताको आँखामा छारो हाल्दै गृहमन्त्री , यी हुन श्रम मन्त्री मेनपावर कम्पनीमा रहेको प्रमाण !

गुगलमा “dol prasad aryal easylink ” भनेर सर्च गर्दा देखिएको नाम।

प्रमाण नम्बर ५  : 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल रेमिट्यान्स कम्पनीको सीईओ रहेका अन्य प्रमाणहरु फेला परेका छन्। हामीले कम्पनीले गरेको सम्झौतामा उनको नाम र तस्बिर देख्न सकिन्छ।  बिजशालाले लेखेको समाचार “इजीलिंक रेमिट्यान्स र महालक्ष्मी विकास बैंकबीच रेमिट्यान्स भुक्तानी सझौता ” मा उनको नाम र तस्बिर स्पस्ट छ। त्यस्तै कारोबार दैनिकले लेखेको समाचार ” इजीलिंक रेमिट्यान्सको सेवा अस्ट्रेलियाबाट पनि“मा गृहमन्त्रि र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री लाई एउतै तस्बिरमा देख्न सकिन्छ।

 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस