×
Lagani
Lagani Shiksha gif
संस्थापक शेयर विक्री गर्दै स्वावलम्बन लघुवित्त।



स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ।

संस्थाले माघ १० गतेदेखि १ लाख ५९ हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको हो।  विक्रीमा आउने कम्पनीको शेयरको न्युनतम मूल्य रू. ५५५ तोकिएको छ। तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापकहरू वा योग्य व्यक्ति तथा संघ-संस्थाहरूले माघ २४ गतेभित्र आवेदन पेश गर्नुपर्नेछ ।

Lagani Shiksha gif
sharehubapk संस्थापक शेयर विक्री गर्दै स्वावलम्बन लघुवित्त।

उक्त शेयर खरिद गर्न चाहानेहरुले  बोलकबोल गर्दा न्यूनतम एक हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ ।  यो शेयर खरीदका लागि विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालय नारायणचौर नक्साल, काठमाडौंमा पेश गर्नुपर्नेछ ।

तोकिएको अवधिभित्र प्राप्त बोलपत्र माघ २५ गते बिहान १० बजे खोलिने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस