KSBBLD87 1000 -2 KDBY 10 -0.09 SDBD87 975.1 9.2 PSF 10.12 0.13 SWMF 1085 35 HIDCL 208 11.9 MAKAR 510 21 RBBD83 960 0 SHIVM 588 17.1 VLBS 1090 -3 SHLB 1925 36.9 KBL 196 5.1 HBLD83 1060 -20 SFEF 9.25 -0.02 PRIN 908 30 NBF3 8.77 0.14 ADBLD83 1060 -18 PMLI 618 26 SPHL 630 0.1 NIBLSTF 9.28 0.3 HEIP 389.9 7.4 SBID83 1045.5 20.5 MLBS 1436 -20.1 FMDBL 815.9 21.8 MKCL 1508 13.1 CCBD88 1096.7 -0.4 TPC 567.9 23.7 TVCL 550 21.5 JBBL 354 10.1 MHL 696 -73.9 NIFRA 236 5 SJLIC 480.1 21.1 SALICO 817 29 BARUN 345.1 12.1 PBD88 1056 41 CHCL 556 11.1 VLUCL 625.5 8.5 KDL 1305 44 CHL 395.9 25.9 UNHPL 299 13.1
×
आजदेखि खुल्यो सगरमाथा जलविद्युत आईपियो , कति दिने आवेदन ?



सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले आज गतेदेखि आईपियो निष्कासन गरेको छ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ निष्कासन गरेको हो। कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि प्रतिकित्ता एक सय अंकित दरमा ११ लाख २० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ४ लाख ३६ हजार ८ सय कित्ता सेयर निष्कासन गरेको छ।

आयोजना प्रभावितका लागि निष्कासन गरिने आईपीओमा ईलाम जिल्लाका बासिन्दाहरूले आवेदन दिन सक्नेछन। स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताकालागि छिटोमा माघ १९ गतेसम्म र ढिलोमा फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि माघ १९ गतेसम्म मात्रै आवेदन दिन पाउनेछन्।

कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले प्रभु बैंक र सेञ्चुरी बैंकको ईलाम शाखा, प्राइम बैंकको मंगलबारे र बिब्लाटे शाखा, आयोजना रहेको स्थान ईलाम नगरपालिका वडा–२ सुम्बेक, गंगतेबेसी साथै प्रभु क्यापिटलले तयार पारेको अनलाइन सम्बन्धी व्यवस्थाबाट समेत आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले मेरो शेयर मार्फत आवेदन दिन सक्ने छन्।

इक्रा नेपालले यस कम्पनीलाई ‘इक्रा एनपी आइ आर ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमता मध्यम स्तरको भएको जनाउँछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस