JBBL 351 -3.1 SHLB 1886.9 1.9 EBLD86 1040 -2 MCHL 488.3 -3.7 JBLB 1534 -3 SMFBS 1505.2 6.2 UAIL 639 -1 SINDU 667 -6 GHL 218.5 -1.1 RBCLPO 12300 88 PRVU 248 -10 NYADI 305.4 -6.6 TRH 1118 -5 GCIL 498 -5.8 HDL 1423.1 49.1 SJCL 326 -3.7 SANIMA 326 -10.2 SMHL 613.1 -4 WNLB 2650 -80 BOKD86 1040 18 HATHY 1322 13 CBBL 980 1 LICN 1995.9 -27.1 SBID83 1098 8.7 BHL 440 -13 SONA 473.2 -7.8 SAGF 9.31 0.01 EBL 605 5 MERO 760 0.5 NABBC 631 -12 SPC 520 5 BPCL 449 -7 SIFC 628 10 ILI 483.5 -2.5 MLBL 398 -6.9 PMLI 562 1 SCBD 1111 6 NBF3 9.04 0.17 NLO 242.1 0 PPCL 262 -5.2
×
एनआइसी एसियाले ल्यायो बैंक नगई पैसा जम्मा गर्ने मेसिन , यस्तो छ खातामा रकम जम्मा गर्ने तरिका।



एनआइसी एसिया बैंकले क्यास डिपोजिट मेसिन (सिडिएम) सञ्चालनमा ल्याएको छ ।

क्यास डिपोजिट मेसिनबाट भाैचर नभरी खाता र मोबाइल नम्बरका आधारमा खातामा रकम जम्मा गर्न सकिने बैंकले जनाएकाे छ ।   बैंकले देशका विभिन्न स्थानमा १० वटा मेसिन सञ्चालनमा ल्याएको हो । काठमाडौंस्थित न्युरोड बिशाल बजार शाखा, कमलादी शाखा, खिचापोखरी शाखा, त्रिपुरेश्वर शाखा, रजिष्टर्ड अफिस (थापाथली) शाखामा मेसिन सञ्चालनमा ल्याएको छ ।

रुपन्देहीस्थित बुटबल शाखा, कास्कीस्थित पोखरा महेन्द्रपुल शाखा, कैलालीस्थित धनगढी चौराहा शाखा, मोरङस्थित विराटनगर शाखा र पर्सास्थित वीरगञ्ज शाखामा पनि क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको जनाएकाे छ ।

उक्त मेसिनमा ५०० र १०० दरका नोटहरू गरी एक पटकमा अधिकतम ९९ हजार ५०० र दैनिक अधिकतम ९ लाख ९९ हजार ५०० रुपैयाँसम्म जम्मा गर्न सकिने बैंकले जनाएको छ ।

रकम जम्मा गर्दा खातावाला वा अन्य व्यक्तिले सो मेसिनमा ट्याप गरी बचतकर्ताले उक्त मेसिनमा आफ्नो मोबाइल नम्बर र खाता नम्बर उल्लेख गरेपछि निजको मोबाइलमा अस्थायी पासवर्ड (ओटिपी) कोड प्राप्त हुनेछ।

बचतकर्ताले उक्त कोड क्यास डिपोजिट मेसिनमा टाइप गरेपछि उक्त मेसिनमा आफूले जम्मा गर्न चाहेको नगद राखेपछि रकम गनेर खातामा जम्मा गर्नासाथ क्यास स्लिप अथवा मोबाइलमा डिपोजिट भएको जानकारी प्राप्त हुनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस