×
Lagani
Lagani Shiksha gif
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको एकीकृत कारोबार आजदेखि



नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मेगा बैंक लिमिटेडले बुधवारबाट ‘नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड’ को नामबाट एकीकृत कारोबार शुरू गर्ने भएका छन्।

दुबै बैंकको पुस ७ गते बसेको छुट्टाछुट्टै वार्षिक साधारण सभाले मर्जरमा जाने प्रस्ताव पारित गरेका हुन् । यी दुई कम्पनी एक आपसमा गाभिएपछि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार शुरू हुन लागेको हो। नेपाल राष्ट्र बैंकले दुबै बैंकलाई मर्जरमा जान पुस १७ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

Lagani Shiksha gif
sharehubapk नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको एकीकृत कारोबार आजदेखि

मर्जरपश्चात् कम्पनीको जगेडा कोष १९ अर्ब ७५ करोड रुपैयाँ, निक्षेप संकलन ३ खर्ब ६० अर्ब रुपैयाँ र कर्जा प्रवाह ३ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ । यी बैंक १००ः९० को सेयर स्वाप अनुपातमा मर्जर जाने सम्झौता भएको हाे।  इन्भेष्टमेण्ट बैंकको कुनै सेयरधनीसँग १०० कित्ता सेयर छ भने उसको सेयर संख्यामा कुनै परिवर्तन हुने छैन तर मेगा बैंकको १०० कित्ता सेयर हुने हरूको घटेर ९० कित्ता हुनेछ।

मर्जरपछि बैंकको चुक्तापुँजी ३२ अर्ब रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस