C30MF 9.74 0 SINDU 667 -6 MMKJL 543.6 9.6 JFL 655 6 GIBF1 9.69 0.1 AVYAN 909 -6 RLFL 625 6.9 CHCL 568.9 -8.1 MHNL 265.5 -0.5 NIBD2082 1099 0 UMRH 475 -1.9 JOSHI 305 -6.8 NIBD84 1030 -20 SBLD89 1200 16.1 SIKLES 707 -3 PRVU 248 -10 ACLBSL 1035 0 NSIF2 10.52 0.02 IGI 600 -4 PBD85 1079.9 19.9 BARUN 379 -6.1 KBL 234 -6.9 RNLI 495.5 1.5 MND84/85 1030 2 HHL 439 -3.2 BHL 440 -13 ILI 483.5 -2.5 CHL 353 0.4 NBL 292.2 1.2 SSHL 215 0.8 USLB 1467 -2.9 BPCL 449 -7 SAGF 9.31 0.01 SWBBL 1065 2.1 MSHL 938 3 CORBL 958.8 -10.2 NUBL 730 2.8 HIDCL 270.7 -4.1 NHPC 220.1 0 AKPL 248.5 -2.5
×
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको एकीकृत कारोबार आजदेखि



नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मेगा बैंक लिमिटेडले बुधवारबाट ‘नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड’ को नामबाट एकीकृत कारोबार शुरू गर्ने भएका छन्।

दुबै बैंकको पुस ७ गते बसेको छुट्टाछुट्टै वार्षिक साधारण सभाले मर्जरमा जाने प्रस्ताव पारित गरेका हुन् । यी दुई कम्पनी एक आपसमा गाभिएपछि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार शुरू हुन लागेको हो। नेपाल राष्ट्र बैंकले दुबै बैंकलाई मर्जरमा जान पुस १७ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

मर्जरपश्चात् कम्पनीको जगेडा कोष १९ अर्ब ७५ करोड रुपैयाँ, निक्षेप संकलन ३ खर्ब ६० अर्ब रुपैयाँ र कर्जा प्रवाह ३ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ । यी बैंक १००ः९० को सेयर स्वाप अनुपातमा मर्जर जाने सम्झौता भएको हाे।  इन्भेष्टमेण्ट बैंकको कुनै सेयरधनीसँग १०० कित्ता सेयर छ भने उसको सेयर संख्यामा कुनै परिवर्तन हुने छैन तर मेगा बैंकको १०० कित्ता सेयर हुने हरूको घटेर ९० कित्ता हुनेछ।

मर्जरपछि बैंकको चुक्तापुँजी ३२ अर्ब रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस