×
नेप्सेले गर्यो महिला र महुली लघुवित्तको सेयर कारोबार रोक्का , यस्तो छ कारण।



नेप्सेले महुली र महिला लघुवित्तको सेयर कारोबार रोक्का गरेको छ।

महुली लघुवित्तले पुस २५ गते कारोबारको समयमा लाभांश दिने निर्णय पारित गरि पुस २६ गते मात्र जानकारी गराएको र महिला लघुवित्तले पुस २६ गते लाभांश दिने निर्णय पारित गरि ११ बजेर ६ मिनेट जादा जानकारी गराएको भन्दै नेप्सेले कारोबार रोक्का गरेको हो। नेप्सेले कम्पनीलाई ३ दिन भित्र जवाफ दिन भनेको छ।

महिला लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट ५० प्रतिशत लाभांश वितरण गर्न लागेको हो । कम्पनीले शेयरधनीहरुका लागि ४७.५० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित २.५० प्रतिशत नगद गरी कुल ५०% लाभांश दिने निर्णय गरेको हो । प्रस्ताव गरिएकाे लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिने छ  ।

त्यस्तै महुली लघुवित्त वित्तीय संस्थाले २५% लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरूलाई आर्थिक वर्षको २०७८–७९ को नाफाबाट उक्त लाभांश वितरण गर्न लागेको हो ।

कम्पनीले २०% बोनस सेयर र कर प्रयोजनसहित ५% नगद गरी कुल २५% लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्ताव गरीएको लाभांश नेपाल राष्ट्र बैंक र महुलीको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण गरिने छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस