SDBD87 1035 4 NICAD8283 1169.8 86.8 SHIVM 599 -8 SIFC 628 10 NESDO 2229 -18 IHL 499 -1 MPFL 751 5 HLBSL 1010 -10 UNL 48870 -930 API 289.5 2.5 SMB 1809 4 UAIL 639 -1 BHDC 583 5.4 UPCL 262.2 -2.7 NRM 426.1 -4.9 JBLB 1534 -3 NLO 242.1 0 LEC 276.8 -6 KSY 9.22 -0.19 SINDU 667 -6 CHL 353 0.4 CCBD88 1123.1 6.1 BNHC 466.9 0.7 GHL 218.5 -1.1 CKHL 632 -8 HBL 260 -13 PRVU 248 -10 SMH 1064.8 5.9 MCHL 488.3 -3.7 SCBD 1111 6 MDB 630 -3.8 ULBSL 3199 37 MAKAR 500 6 TAMOR 482.9 -2.1 SIGS2 10.05 0 KBL 234 -6.9 SBID83 1098 8.7 MFLD85 1050 -20 RIDI 235 0 SBLD84 1040 19.3
×
भ्रष्टाचारका सबै फाइल खोलेर दोषीलाई कारबाही गर्नुपर्छ : रवि लामिछाने



राष्ट्रिय स्वतन्त्र पार्टी सभापति तथा दलका नेता रवि लामिछानेले आफ्नो पार्टीले पाएको मतलाई निराशाको मतको रुपमा अर्थ्याएको भन्दै खण्डन गरेका छन् ।

संघीय संसदको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उपप्रधान तथ गृहमन्त्रीसमेतत रहेका उनले राष्ट्रिय स्वतन्त्र पार्टीले निराशाको मत नभएर आशाको मत रहेको दाबी गरे ।

‘हामीमाथि आरोप छ । हामीले पाएको मतलाई निराशाको मत भनिएको छ । तर, होइन हामीले पाएको मत आशाको हो,’ उनले बैठकमा भने ।  जनताको जीविकाको पक्षमा बलियो आवाज आफूहरुले उठाउने जानकारी दिँदै उनले जनताको चाहनाअनुरुपको काम गर्ने र सोहीअनुसारको भूमिका खाेलिदिन विपक्षी दलसँग आग्रह गरे ।

भ्रष्टाचारका फाइल खोल्र्नु पर्ने र निर्मम भएर छानबिन गरेर कारबाही गर्नुपर्ने भन्दै उनले भ्रष्टाचारविरुद्धको अभियानको पक्षमा उभिन सबै दल र सांसदहरुलाई  आग्रह गरे ।

भ्रष्टाचारीलाई छुटाउन वा कारबाही गर्नबाट रोक्न कुनै पनि वाधा नपुर्याउन सबैलाई आग्रह गर्दै उनले आफू र आफ्ना सांसदहरुले अनियमिता र कुनै पनि काण्डमा नमुछिने वाचा गरे ।

साे क्रममा उनले आफ्नाे दलले जनअपेक्षा अनुरुप काम नगरे वा गर्न नसके सरकार र सत्ता टाँसिएर नबस्ने पनि बताएका छन् । आफ्ना दलका कुनै पनि नेताले गलत काम गरेमा उनीहरूलाई स‌ंरक्षण पनि नगर्ने उनकाे भनाइ छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस