×
Lagani
Lagani Shiksha gif
मर्जरपछि नेपालकै सबैभन्दा ठुलो बैंक बन्दै ग्लोबल आइएमई बैंक , आजदेखि एकिकृत कारोबार सुरु।



आजदेखि ग्लोबल आइएमई बैँक लि. र बैक अफ काठमाण्डू लि. मर्जर पश्चात ग्लोबल आइएमई बैँक लि.को नामबाट एकीकृत वित्तीय कारोबार शुभारम्भ हुने भएको छ।

ग्लोवल आइएमई बैंक लिमिटेडको १६ औं वार्षिक साधारण सभाले ग्लोवल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड मर्जर गर्ने विशेष प्रस्ताव पारित गरेको साथै बैंक अफ काठमाण्डू लिमिटेडको २८औं वार्षिक साधारण सभाले बैंक अफ काठमाण्डू लिमिटेड र ग्लोवल आईएमई बैंक लिमिटेड मर्जर गर्ने विशेष प्रस्ताव पारित गरेको थियो।

Lagani Shiksha gif

मर्जर पश्चात् बैंकको कूल पुँजी रु. ५७ अर्ब, चुक्ता पूँजी रु. ३५.७७ अर्ब, कूल निक्षेप रु. ४०० अर्ब भन्दा बढि र कूल कर्जा रु. ३७९ अर्ब भन्दा बढि पुग्नेछ । मर्जर पछि बन्ने नयाँ बैंक कूल पुँजी , चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बन्नेछ ।
नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहनुहुनेछ ।

त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनुहुनेछ ।
२१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आइएमई लिमिटेडमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् ।

दुई बैंकहरुको मर्जर पश्चात् कूल ३६५ शाखा कार्यालय, ३६७ एटिएम, २८६ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरु, ४० लाख भन्दा बढि ग्राहकहरु सहित अन्य धेरै वित्तीय परिसुचकहरुमा ग्लोबल आइएमई बैंक लिमिटेड मुलुकको सबैभन्दा ठुलो बैंक हुनेछ ।

 

Merger Notice मर्जरपछि नेपालकै सबैभन्दा ठुलो बैंक बन्दै ग्लोबल आइएमई बैंक , आजदेखि एकिकृत कारोबार सुरु।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस