×
ज्योति विकास बैंकले घटायो लाभांश।



ज्योति विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट कुल ६ दशमलव ८० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

हाल कायम चुक्तापूँजी ४ अर्ब २६ करोड ७७ लाख ५३ हजारको आधारमा ३ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ३ दशमलव ८० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय पुस २२ गतेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो ।

IELTS PTE copy ज्योति विकास बैंकले घटायो लाभांश।

यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ । गत वर्ष कम्पनीले ११ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ४ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले यस बर्ष कम लाभांश वितरण गर्न लागेको हो।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस