NUBL 730 2.8 SINDU 667 -6 OHL 925 -9 ANLB 4453.1 47 HIDCLP 183 -2 SEF 9.51 -0.24 GIBF1 9.69 0.1 CIZBD86 1060 -10 SBID83 1098 8.7 NMBMF 695 -10 HEIP 381.8 20.8 SMH 1064.8 5.9 NYADI 305.4 -6.6 SMFBS 1505.2 6.2 SJLIC 477 -7.5 NGPL 472 -2.9 CHL 353 0.4 MSHL 938 3 SAHAS 505 28 CMF2 9.21 -0.1 NICFC 8.97 -0.33 MMF1 8.98 0.1 NICA 452 -13 BFC 625 9.1 SPL 813 -12.1 MBLD2085 1085 6.5 GBBL 447 -6 DLBS 1374 30 SFMF 10.2 -0.2 UMRH 475 -1.9 BBC 4255 50 HDHPC 208.8 -4.1 NICSF 9.5 0.25 SONA 473.2 -7.8 RBCLPO 12300 88 NIBLGF 9.1 0.38 RAWA 889 29 CITY 805 -17 LBLD86 1081 -0.2 SHIVM 599 -8
×
भोलि देखि निष्कासन हुदै एभरेष्ट बैंकको ऋणपत्र , कति दिने आवेदन ?



एभरेष्ट बैंक लिमिटेडले भोलि सोमवारबाट १० वर्षे अवधिको ऋणपत्र निष्कासन गर्ने भएको छ ।

वार्षिक साढे ७ प्रतिशत ब्याजदरमा बैंकले रू. १ हजार अंकित दरको रू. २ अर्ब बराबरको २० लाख कित्ता ‘एभरेष्ट बैंक लिमिटेड ऊर्जा ऋणपत्र २०८९’ नामको ऋणपत्र निष्कासन गर्न लागेको हो । कुल कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी ८ लाख कित्ता सर्वसाधारणमा विक्री गरिनेछ ।

सर्वसाधारणका लागि निष्कासन गरिने ऋणपत्रमध्ये पनि ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ । यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म  छिटोमा पुस २८ गतेसम्मआवेदन दिन सकिने छ। सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने ढिलोमा माघ ९ गतेसम्म विक्री अवधि लम्बिनेछ ।

धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूसँगै मेरो शेयर अनलाइनमार्फत पनि आवेदन दिन सकिनेछ ।

केयर नेपालले बैंकलाई ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङमा  न्यून कर्जा जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल ए माइनस रेटिङ प्रदान गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस