×
Lagani
Lagani Shiksha gif
पुस २५ गते देखि ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको शेयर कारोबार बन्द हुने, यस्तो छ कारण।



बैंक अफ काठमाण्डू र ग्लोबल आईएमई बैंक को शेयर कारोबार पुस २५ गतेदेखि रोक्का हुने भएको छ ।

यी दुई बैंकले पुस २५ गतेदेखि मर्जर प्रक्रिया पूरा गरी एकीकृत कारोबार सुरु गर्दै छन् । संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ को निर्देशन बमोजिम नेपाल धितोपत्र बोर्डंबाट जारी धितोपत्र दर्ता गराएका लक्षित संस्थाको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकरण तथा सूचीकरण प्रयोजनका लगि दुवै संस्थाको एकीकृत वित्तीय कारोबार सुरु हुने मिति पुस २५ गतेदेखि १५ दिनको लागि शेयर कारोबार रोक्का गर्ने संचालक समितिको पुस २० गते बसेको बैठकले सो निर्णय गरेको हो ।

Lagani Shiksha gif

पहिलेनै सेयर कारोबार रोक्का भएपनि बोर्डले नयाँ निएम लागु गरेपछि कम्पनीको सेयर कारोबार पुन सुरु भएको थियो।  ग्लोवल बैंक र बैंक अफ काठमाण्डू बीच मर्जर सम्बन्धमा नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट अन्तिम स्वीकृति प्राप्त भई दुवै कम्पनीको एकीकृत वित्तीय कारोबार पुस २५ गते देखि ग्लोवल बैंक लिमिटेडको नामबाट शुरु हुने भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस