SGIC 641.2 -4.8 ANLB 4453.1 47 GHL 218.5 -1.1 GILB 1268.4 4.4 GRDBL 743 5 TPC 465 6 KBL 234 -6.9 MSHL 938 3 PROFL 655 7 SCBD 1111 6 NMB 263.9 -7.1 JFL 655 6 MFLD85 1050 -20 RFPL 532 11.1 NIL 912 8 DDBL 916.2 3.1 CMF1 10.5 -0.2 MBLD2085 1085 6.5 NRN 905 -8 NADEP 1030 -55 NRM 426.1 -4.9 FMDBL 758 -0.1 MEN 631.1 -3.9 NICL 990.2 -4.8 SADBL 419 -1 MLBBL 1635 15 BEDC 470 0 UNL 48870 -930 SARBTM 765 -5 MEL 292 2 HRL 861 -4 VLBS 902.5 -7.5 AKJCL 209 -3 SHLB 1886.9 1.9 API 289.5 2.5 SJCL 326 -3.7 CMF2 9.21 -0.1 PBD88 1102.1 2.1 KPCL 493 -0.8 MHCL 410 -7
×
आजदेखि खुल्यो मोलुङ्ग हाइड्रोपावरको आईपीओ , कति दिने आवेदन ?



मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले आज ( पुस १९ गते ) देखि पहिलो चरणको आईपीओ निष्कासन गरेको छ ।

पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले जारी पूँजी रू. ८० करोड २५ लाखको १० प्रतिशत अर्थात  रू.  ८ करोड २ लाख ५० हजार बराबरको ८ लाख २ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गर्ने छ भने २ लाख ७२ हजार ८५० कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीका लागि र १ लाख ३६ हजार ४२५ कित्ता सामूहिक लगानी कोषका लागि साथै  ५४ हजार ५७० कित्ता शेयर कर्मचारीका लागि निष्कासन गरेको छ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरिने शेयरमध्ये ५० प्रतिशत ओखलढुङ्गाको मोलुङ्ग गाउँपालिकाका बासिन्दाहरूमा विक्री गरिनेछ भने २५ प्रतिशत सिद्धिचरण नगरपालिकाका बासिन्दा र २५ प्रतिशत सुनकोशी गाउँपालिकाका बासिन्दाहरूमा विक्री गरिनेछ ।

कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा गएका नेपालीहरूले माघ ३ गतेसम्म आवेदन दिन सक्ने छन् भने आयोजना प्रभावित स्थानीयले  छिटोमा माघ ३ गते र ढिमा माघ १८ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरूले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्तासम्म  आवेदन दिन सक्ने छन्।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्रदान गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
1000


0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
reCaptcha Error: grecaptcha is not defined


ताजा समाचार

लोकप्रिय
सिफारिस