×
भूकम्पको कार्यक्रममा गृहमन्त्री लामिछानेले मन्त्रालयकै सभाहल असुरक्षित देखेपछि ……



उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयको सभाकक्षमा आपतकालीन द्वार तत्काल निर्माण गर्न निर्देशन दिएका छन् ।

सोमबार दिउँसो २ बजे बसेको २५ औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकमा लामिछानेले गृह मन्त्रालयको सभाहल नै असुरक्षित भएको संकेत गरे। बैठकमा बोल्दै उनले भूकम्पीय जोखिम न्यूनिकरण आफैंबाट सुरुवात गर्नुपर्ने भन्दै आजै त्‍यस हलमा इमर्जेन्सी एक्जिट बनाउन अध्ययन गरि सभाकक्षमा आपतकालीन द्वार राख्न निर्देशन दिएका हुन् ।

‘यहाँ इमर्जेन्सी एक्जिट बनाउन र फायर एक्सटिनग्विसर राख्नको लागि आजैदेखि अध्ययन थाल्न म निर्देशन दिन चाहन्छु,’ उनले भने, ‘यो अत्यन्तै महत्वपूर्ण कुरा हो। हरेक जोखिमपूर्ण ठाउँलाई सुरक्षित बनाउन थालौं। आफैंदेखि सुरूआत गरौं।’

यस्तै, हलका क्षमताभन्दा बढी मानिस नराख्न पनि उनले बताए।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस