SWBBL 1065 2.1 EHPL 840 7.9 PFL 652 -1 MCHL 488.3 -3.7 NADEP 1030 -55 SBID83 1098 8.7 BGWT 934.9 -21.1 RHGCL 388 0 OHL 925 -9 RMF1 9.15 -0.1 CHCL 568.9 -8.1 MHL 725 3.5 PBD85 1079.9 19.9 DOLTI 538 10 PMHPL 260 -4 UPPER 214.2 -1.8 SPL 813 -12.1 NMB 263.9 -7.1 GHL 218.5 -1.1 LSL 253.5 -5.5 CIZBD86 1060 -10 MHNL 265.5 -0.5 SIGS3 9.45 0.09 PRSF 9.54 -0.11 RIDI 235 0 TRH 1118 -5 CHL 353 0.4 SPDL 310 5 RAWA 889 29 SHINE 473 -1.8 CCBD88 1123.1 6.1 GILB 1268.4 4.4 NRM 426.1 -4.9 SFEF 9.29 0.22 GMFBS 1512.1 -16.9 DLBS 1374 30 API 289.5 2.5 NIBLSTF 8.68 0 MKHC 339 -1 SMATA 875 -16
×
निफ्राको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन।



नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले निष्कासन गरेको ऋणपत्र खरीदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

बैंकले मंसिर २९ गतेदेखि वार्षिक ७ प्रतिशत ब्याजदरको ‘निफ्रा ऊर्जा ऋणपत्र ७ प्रतिशत २०८५/८६’ नामको ऋणपत्र जारि गरेको थियो।ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात् कर कट्टा गरी भुक्तानी गरिने बैंकको भनाइ छ ।

बैंकले प्रतिऋणपत्र रू. १  हजार अंकित दरका रू. ५ अर्ब बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । निष्कासन हुने कुल कित्तामध्ये ६० प्रतिशत अर्थात् रू. ३ अर्ब बराबरको ३० लाख कित्ता बैंक आफैले व्यक्तिगत तवरबाट विक्री गर्नेछ भने बाँकी ४० प्रतिशत अर्थात् रू. २ अर्ब बराबरको २० लाख कित्ता सर्वसाधारणमा विक्री गर्न लागिएको हो  सर्वसाधारणमा विक्री गरिने मध्य १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि छुट्याएर बाँकी कित्ता सर्बसाधारणको लागि सुरक्षित गरिएको छ।

ऋणपत्रको विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । ऋणपत्र खरीदका लागि लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले मध्यम कर्जा जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी प्रदान गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस