×
Lagani
Lagani Shiksha gif
रवि लामिछानेले खुलाए जागिर , फ्री टिकट सहित एयर्पोटमै लिन आउने अफर।



आफु सरकारमा गएको १०० दिनमै विदेशमा रहेका नेपालीहरुलाई नेपाल फर्काउने योजना याउने भनेका सांसद रवि लामिछानेले सपथ खाएको दिनबाटै सो कार्यको सुरुवात गरेका छन्।

चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका लामिछानेले आफ्नो चितवन कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत बन्न चाहाने विदेशमा रहेका नेपालीहरुलाई आवेदन दिन भनेका छन्। काम गर्न योग्यलाई फ्री टिकट नेपालमा ल्याउने र एयर्पोटमा आफै स्वागत गर्न जाने रवि लामिछानेले जनाएका छन्।

Lagani Shiksha gif
sharehubapk रवि लामिछानेले खुलाए जागिर , फ्री टिकट सहित एयर्पोटमै लिन आउने अफर।

उनले आफ्नो सामाजिक संजालमा लेखेका छन्।

यो देशमा मान्छे बाकसमा मात्र फर्किनु पर्छ भन्ने छैन। विदेशमा रहनु भएका ब्यवस्थापनमा दखल राख्ने, स्वदेशमा केही गर्न इक्छुक ब्यक्तिको हामीलाई खाँचो परेको छ। हाम्रो चितवन कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत CEO भएर बिकास, सुसासन, ब्यवस्थापन लगायतका सम्पुर्ण कार्यभार सम्हाल्न सक्ने मान्छेलाई अति आकर्षक तलब तथा सुबिधा सहित म एयर्पोटमा स्वागत गर्न तयार छु। कति बाकसमा मात्र फर्किने? अब आकर्षक जागीरका लागि श्वास र आश लिएर नेपाल आउने नी, हैन त? शुरूवात एक जना बाट, थप योजना सार्वजनिक गर्दै जाँउला। आफ्नो CV मलाई पठाउनु होला। म तपाईं लाई लिन आफै एयर्पोर्ट आउछु।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस