×


सुकुम्वासीका लागि भनेर झन्डै एक दशकअघि बनाइएका अपार्टमेन्ट अहिले प्राय: खाली छन् र केही फ्ल्याटमा सरकारी निकायहरू छन्।

थापाथलीस्थित सुकुम्वासी बस्तीबाट केही किलोमिटर दूरीमा नागार्जुन नगरपालिका, रानीवनमा बनाइएका ती अपार्टमेन्टमा सर्न सुकुम्वासीहरू भने तयार छैनन्।

भूमिमा अधिकार सुनिश्चित नभएसम्म ती अपार्टमेन्टमा सर्नु ‘भाडामा बस्नुजस्तै’ भन्दै अपार्टमेन्टले आफ्ना समस्याको समाधान नगर्ने संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा नेपालका अध्यक्ष कुमार कार्कीले बताए।

तर काठमाण्डू महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले सुकुम्वासीहरूलाई भाडामै राखेर भएपनि नदी किनारको व्यवस्थापनमा आफूहरूले ढिलाइ नगर्ने बताए।

हेर्नुहोस् बिबिसीले बनाएको यो भिडिओ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस