HDL 1423.1 49.1 CHDC 1684 -35.9 ANLB 4453.1 47 UNLB 2527 -3.9 SBCF 9 -0.2 BHPL 655.1 -12.7 NBLD87 1020 -8 BFC 625 9.1 GHL 218.5 -1.1 SEF 9.51 -0.24 NLICL 606 -4 SANIMA 326 -10.2 VLBS 902.5 -7.5 BNT 14350 -50 RNLI 495.5 1.5 SHL 512 -4.5 KRBL 613 0 NIBD2082 1099 0 NICGF2 8.78 -0.02 AHPC 267 -0.6 SFCL 704.1 63.6 HHL 439 -3.2 KBLD86 1115 0 DOLTI 538 10 FOWAD 1479 0 IGI 600 -4 PFL 652 -1 MLBL 398 -6.9 SPDL 310 5 OHL 925 -9 CFCL 647 27.1 GRDBL 743 5 MBLD2085 1085 6.5 LBBL 475 -4.8 MSLB 1564 -70 NMBD87/88 1027 -3 AKJCL 209 -3 ILI 483.5 -2.5 EBLD85 1105 5 JBBL 351 -3.1
×
रवि लामिछानेलाई पार्टीको सभापतिबाट हटाउन निर्वाचन आयोगमा उजुरी , यस्तो छ कारण।



प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा अर्को उजुरी परेको छ ।

नेपाली नागरिकता नभएको विदेशी नागरिकले राजनीतिक दल खोल्ने वा सो दलको साधारण सदस्य नपाउने उल्लेख गर्दै थप उजुरी परेको हो ।  सिन्धुलीको कमलामाई नगरपालिका–१ स्थायी घर भई हाल काठमाडौं बस्ने नेपाली नागरिक तथा समाजवादी केन्द्र नेपालका नेता युवराज पौडेल (सफल) ले आज आयोगमा उजुर दर्ता गराएका हुन् ।

लामिछानेसँग नेपाली नागरिकता नै नभएको भन्दै उनले पार्टीको सभापति र सो दलको साधारण सदस्यता तत्काल खारेज गर्न भनेका छन् । दल दर्ता गर्न पाउने अधिकार नेपाली नागरिकसंग मात्र भएको स्मरण गराउँदै उनले आयोगबाट भएको त्रुटिले स्तब्ध बनाएको बताएका छन् ।

‘राष्ट्रिय स्वतन्त्र पार्टी नामक दल दर्ता भएकोमा दल दर्ता गर्न पाउने र दलको सदस्य वा नेता हुन पाउने अधिकार नेपाली नागरिकसंग मात्रै हुने कानुनी व्यवस्थाविपरीत नेपाली नागरिक नै नभएको रवि लामिछानेको सभापतित्वमा उक्त दल दर्ता भएको सम्बन्धमा निर्वाचन आयोगबाट हुन गएको त्रुटिबाट म स्तब्ध छु’,पत्रमा भनिएको छ ।

मतदान गर्ने,उम्मेदवार बन्ने र राजनीतिक दल खोल्ने अधिकार नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन,प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन तथा प्रदेश सभा सदस्य निर्वाचन ऐनअन्तर्गत नेपाली नागरिकलाई मात्रै प्रदान गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस