×
प्रतिकित्ता रु ५० को पर्ने आईपीओ निष्काशन गर्दै हाथवे इन्भेष्टमेन्ट , बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल



आइएमई समुहद्धारा प्रवर्दित हाथवे इन्भेष्टमेन्टले आईपीओ निष्काशन  गर्ने तयारी गरेको छ ।

हाथवेले चुक्ता पूँजी १ अर्ब १५ करोड पुर्याउने निर्णयसँगै सर्वसाधारणलाई सेयर जारी गर्ने निर्णय गरेको छ । हाथवे इन्भेष्मेन्टले १२.५ प्रतिशतले हुने सेयर जारी गर्ने निर्णय गरेको छ । हाथवेले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिएको छ ।

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले प्रतिकित्ता ५० रुपैयाँका दरले आईपीओ निष्काशन गर्ने प्रस्ताव गरेको छ।शेयर जारी गर्नका लागि उक्त कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । आइतवार कम्पनीका तर्फबाट अध्यक्ष योगेश्वर शर्मा ढकाल र ग्लोबल आइएमई क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

यता हाथवे इन्भेष्टमेन्ट लिमिटेडको सञ्चालकबाट हेमराज ढकाल र अम्बिकाप्रसाद पौडेल बाहिरिएका छन् । हाथवे इन्भेष्टमेन्टको सञ्चालक समितिको अध्यक्षमा ढकाल र सञ्चालकमा पौडेल थिए ।

कम्पनीले कुल १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । कम्पनीको १३ औं वार्षिक साधारण सभाले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिसकेको छ ।

NOTICE FOR AGM प्रतिकित्ता रु ५० को पर्ने आईपीओ निष्काशन गर्दै हाथवे इन्भेष्टमेन्ट , बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस