×
Lagani
Lagani Shiksha gif
रविले हामीले गरेको कामलाई मिडियाबाजी गरेर चर्चामा आउने काम गरे : रेणु दाहाल



चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित भएपछि रवि लामिछाने घरदैलोका क्रममा सुनेका समस्यालाई सम्बोधन गर्ने क्रममा टोल–टोलमा पुगेका छन् ।

धर्मचोक सडक मर्मत, ठिमुरा मोटर पुल निर्माण, ठिमुरा रामनगर खानेपानी समस्याका विषयमा उनले जनताको उपस्थितिमा सरोकारवालालाई बोलाएर छलफल थालेका छन् ।

रामनगरमा पानीको समस्या भएको गुनासो आएपछि गाउँलेको उपस्थितिमा पानी ट्याङ्कीआसपास सरसफाइसमेत भएको छ । जब रवि फिल्डमा उत्रिए अब रामनगरवासीले सहजै खानेपानी पाउने भए भन्ने विषय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा व्यापक भयो ।

स्थानीय सरकार भरतपुर महानगरले रविको कामबारेको यस विषयलाई तत्कालै प्रतिक्रिया दियो । महानगरपालिकाले रामनगरमा बृहत् खानेपानी आयोजना अघि बढाएको भनी रविको काममा काउन्टर दिएको छ । एडिबीको सहयोगमा हाल डिपिआरको काम भइरहेको भन्दै महानगरले सस्तो लोकप्रियताका लागि काम गरेको टिप्पणीसमेत गरेको छ ।

रविको यो कामलाई केहीले स्टन्ट भनेका छन् भने केहीले जनताको समस्याको सुनुवाइ हुन थालेको प्रतिक्रिया दिएका छन् । तर, महानगर प्रमुख रेनु दाहालले रामनगरको खानेपानी समस्याका लागि संघीय बजेट नै व्यवस्था भएकोले झूटो प्रचार नगर्न आग्रह गरिन् ।

पूर्वमन्त्रीसमेत रहेका चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य विक्रम पाण्डे चुनाव जितेपछि केही दिन विजय ¥यालीमा सहभागी भए । त्यसपछि उनी पनि रविकै शैलीमै फिल्डमा उत्रिए ।

भरतपुरबाट मेघौली जाने चनौली–ज्योतिनगर–चाँदनी चोकको सय मिटर बाटो अलपत्र परेकोमा पाण्डेको निर्देशनअनुसार काम सुरू भनेर फोटोसहित सामाजिक सञ्जालमा व्यापक बनाइयो । पाण्डेले नै भरतपुर महानगरअन्तर्गत वडा नं–२७ को बेथरी खोलाको पुल अलपत्र परेकोमा छिटो बनाउन निर्देशन भनी सार्वजनिक भयो । जसको जवाफमा भरतपुर महानगरपालिकाले त्यस पुलको ठेक्का असोज ४ गते नै भएको र निर्माणको जिम्मासमेत जिएमआर कन्स्ट्रक्सनले पाएको उल्लेख गरेको छ ।

‘महानगरले प्राथमिकता दिएर अघि बढाएको योजनालाई मिडियाबाजी गरेर चर्चामा आउने काम भएको छ’, भरतपुर महानगर प्रमुख रेनु दाहालले भनिन्, ‘नवनिर्वाचित सांसद्ज्यूहरुलाई सक्नुहुन्छ भने नयाँ भिजनका साथ नयाँ कार्यक्रम ल्याउन मेरो आग्रह छ ।’

महानगरले बजेट व्यवस्थापन गरेर सुरू गरेको कामलाई समेत जनता झुक्याउने शैलीमा कामै भाछैन, ढिला भाछ भनेर मिडियाबाजी गर्नु सस्तो लोकप्रियता कमाउनका लागिमात्रै गरिएको प्रचार हो भन्ने बुझेका छौँ’, मेयर दाहालले भनिन् ।

निर्वाचित हुनुपूर्व पनि केही उमेदवारले महानगरको आयोजनालाई आफूले पूरा गर्ने भनी जनता ढाँट्ने काम भएको भन्दै उनले नारायणी नचितवन पोस्ट दी तटबन्धमा झन्डै ५ अर्बको बजेटबाट काम हुन लागेको कुरा जनतालाई थाहा हुँदाहुँदै पनि ढाँट्ने काम भएको र जुन निन्दनीयसमेत रहेको महानगर प्रमुख दाहालले बताइन् । चितवन पोस्टबाट 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस