×
हर्क साम्पाङ भन्छन् – बालेनलाई घेराबन्दीमा पारियो, स्वतन्त्रहरु एक बन्ने बेला आयो



धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्वतन्त्रहरु एक हुने समय आएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत कथाले मागेपछि स्वतन्त्र जनप्रतिनिधिहरु एक हुने बेला आएको भन्दै मेयर साहलाई आफनो साथ रहेको बताए । पछिल्लो समय राजनीतिक दलका शीर्ष नेताहरुले बालेनको कामप्रति प्रश्न उठाउँदै आएका छन् । बालेन र हर्क दुवै जना स्वतन्त्र उमेदवारी दिएर मेयरमा निर्वाचित भएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्- ‘ कथाले माग्यो अब ! स्वतन्त्रहरु एक बन्ने बेला आएको छ ! स्वतन्त्र मेयर बालेन शाहलाई जुन किसिमले घेरा बन्दीमा पारिएको छ ! त्यो निन्दनीय छ ! यो बेला अरुले साथ देऊन नदेऊन तर मेरो साथ रहनेछ ! ‘

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस