NMFBS 1330 34 BNHC 520 0 MKLB 1159.9 59.9 STC 4345 -35 MERO 716 23 HRL 557 -6.1 BHPL 544 -9 SBID89 1001 -14 GUFL 693 -15 UMHL 237.1 -1.6 PSF 8.61 0.11 SBCF 7.8 0.02 GBBL 364 -2.9 OHL 759 5 GBLBS 800 22 HPPL 252.2 -8.8 MBL 169.2 1.3 HLI 399 3.9 KEF 8.1 0 SIGS3 9.28 0 SGIC 529 -5.9 SIGS2 7.96 0 SFEF 7.71 -0.14 SKBBL 830 18.6 SRLI 434.1 -5.9 API 170.2 -2.4 NBF3 7.17 -0.13 SGHC 321 -0.9 GMFIL 387 -9 MHL 400 0 NRN 496 -4 PBLD87 985 6.5 CLI 458 -4.9 GIBF1 8.16 -0.26 SAHAS 502 -5.4 MBLD2085 1045 35 NICAD85/86 1035 -5 MDB 486.6 11.6 RNLI 428.9 0.8 CIT 2110 -0.1
×
बालकोट पुगेर शेरधन राईले भने : कांग्रेस र एमालेबीच सहकार्य गरौ



एमाले नेता शेरधन राईले पार्टी अध्यक्ष केपी ओलीलाई नेपाली कांग्रेससँग सहकार्यका लागि संवाद थाल्न सुझाव दिएका छन् ।

शुक्रबार दिउँसो श्रीमतीसहित बालकोट पुगेका पूर्वमुख्यमन्त्री राईले जनताको जनादेशलाई आत्मसात गर्दै पहिलो र दोस्रो शक्ति र हैसियतमा जनअनुमोदित एमाले र कांग्रेसबीच संवाद सुरु गर्न ओलीलाई आग्रह गरेका हुन् ।

उनले निर्वाचन परिणामबाट पाठ सिक्दै स्थायी राजनीतिक शक्तिहरु मिलेर अगाडि बढ्न, देशलाई राजनीतिक स्थायित्व दिन, सुशासन कायम गर्न, विकास र समृद्विको अभियानलाई तीव्रता दिन बलियो र स्थिर सरकार बनाउनुपर्ने, सरकार बनाउने र भत्काउने फोहोरी खेल बन्द गर्नुपर्ने भन्दै कांग्रेससँग किन संवाद नथाल्ने भन्दै प्रश्न गरेका छन् । उनले गठबन्धनको औचित्य सकिएको भन्दै कांग्रेस र एमालेबीच सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।

‘देश र जनताको हित र स्वार्थलाई केन्द्र भागमा राखेर सहकार्य र प्रतिस्पर्धा किन नगर्ने ? कि नेपाली कांग्रेस अस्थिर शक्ति र समूहहरुकै वैशाखी टेकेर देश भाँडमै जावस भन्ने चाहन्छ ? देश र जनताको हितार्थ बहस, छलफल र संवाद थाल्न बिलम्ब नगरौं,’ राईले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले चौतर्फी घेराबन्दीका बाबजुद पनि ओलीको नेतृत्वमा एमाले सग्लो र प्रमुख शक्तिका रूपमा स्थापित हुन सफल भएको भन्दै अध्यक्षलाई बधाई पनि दिएका छन् । भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा उठेका राई माओवादी उम्मेदवार सुदन किराँतीसँग पराजित भएका हुन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस