×
Lagani
Lagani Shiksha gif
सामलिङ्गको आईपीओ बाँडफाँट मिति सार्बजनिक , पर्ने सम्भावना कति ?



सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओ १६ गते मंगलबार बाडफाटँ  हुने भएको छ।

बिक्रि प्रबन्धक नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेडले  शुक्रबारनै प्रि अलोटमेण्ट सम्पन्न भएको हुनाले भोलि बाँडफाँट गरिने जनाएको छ।

Lagani Shiksha gif
sharehubapk सामलिङ्गको आईपीओ बाँडफाँट मिति सार्बजनिक , पर्ने सम्भावना कति ?

उक्त कम्पनीको आईपीओमा २ करोड ६९ लाख  ३३  हजार ५ सय  कित्ताको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाइ निष्कासन गरेको भन्दा ३९ दसमलव ६७  गुणा बढी हो। उक्त आईपीओमा २२  लाख ६५  हजार ५  सय ९८  जना लगानीकर्ताले  २ करोड ६९ लाख  ३३  हजार ५ सय कित्ताको लागि आवेदन दिएका हुन्।

माग भन्दा बढी आवेदन परेको हुनाले गोलाप्रथाबाट बाडफाटँ  हुने छ।  यसरि बाडफाटँ  गर्दा ६७ हजार ८ सय लगानीकर्ताले १० कित्ताका दरले शेयर हात पर्ने छन् भने बाकि २१ लाख लगानीकर्ताको हात खालि रहने  देखिन्छ यद्यपि यो अन्तिम तथ्याङ्क भने होइन।

Screenshot 2021 10 25 183344 सामलिङ्गको आईपीओ बाँडफाँट मिति सार्बजनिक , पर्ने सम्भावना कति ?

कुल आईपीओ मध्ये दुई प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता कर्मचारीहरुका लागि र पाँच प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ६ लाख ७८ हजार ९०० कित्ताका लागि सर्वसाधारणको लागि छुट्याइएको छ ।

न्यूनतम १० कित्ता तथा अधिकतममा २० हजार कित्ताका लागि आवेदन  दिन सकिने ब्यबस्था थियो भने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ।

यस कम्पनीकोआईपीओलाई इक्रा नेपालले इक्राएनपी आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस