ULHC 390 -7.9 NMFBS 1435 1 MKCL 1497 -26 SPL 813 -12.1 KSY 9.22 -0.19 AKPL 248.5 -2.5 SPC 520 5 NICL 990.2 -4.8 MAKAR 500 6 KBLD86 1115 0 FOWAD 1479 0 NESDO 2229 -18 MNBBL 395.8 -0.8 BOKD86 1040 18 SKBBL 934 -3 KSBBL 448 -3 CLI 634 -4.9 NIL 912 8 MATRI 1405 -8 HURJA 220 -4.6 GIBF1 9.69 0.1 SCB 691.1 3.6 PBD88 1102.1 2.1 RURU 740 -9.8 SANIMA 326 -10.2 HHL 439 -3.2 RHPL 364 -5.2 SEF 9.51 -0.24 GBBL 447 -6 EDBL 645 -1.9 H8020 10.2 -0.05 SMH 1064.8 5.9 PBLD87 1028 -2 LICN 1995.9 -27.1 NICA 452 -13 NICGF2 8.78 -0.02 BARUN 379 -6.1 MBL 255 -4 MKHL 493 -6 SWMF 812 -13
×
अब को बन्ला प्रधानमन्त्री देउवा कि ओली ? यस्तो देखियो गणित



प्रतिनिधिसभाको एक सय ६५ मध्ये हालसम्म एक सय २४ निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ ।

हालसम्मको मतपरिणामअनुसार कुनै पनि दल बहुमत प्राप्त गर्नबाट वञ्चित भएका छन् । सत्ता र विपक्षी दुवै गठबन्धनले उस्तै उस्तै संख्यामा जित हासिल गरेका छन् । त्यसैले अब त्रिशंकु संसद् बन्ने निश्चित छ ।

अहिलेसम्म नेपाली कांग्रेसले ४३ मा जित र १० मा अग्रता हासिल गरेको छ । एमालेले ३३ जित र १३ मा अग्रता हासिल गरेको छ । माओवादीले १२ मा जित, ६ मा अग्रता हासिल गरेको छ । एकीकृत समाजवादीले १० सिट जितेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले सात जित र एकमा अग्रता हासिल गरेको छ । राप्रपाले पाँचमा जित, दुईमा अग्रता हासिल गरेको छ । जसपाले तीन जित र तीनमा अग्रता, लोसपा र नागरिक उन्मुक्ति पार्टीले समान तीन–तीन सिट जित हात पारेको छ । अहिलेसम्म स्वतन्त्र उम्मेदवार पाँचजनाले चुनाव जितेका छन् ।

यस आधारमा कुनै एक दल एक्लैले सरकार बनाउने परिस्थिति देखिन्न । प्रत्यक्ष निर्वाचनको परिणामले मात्र सरकार बन्न नसक्ने भएपछि समानुपातिक मतपरिणाम चाहिन्छ नै । त्यही भएर अब २२ मंसिरसम्म दलहरूबीच कस्तो सरकार बनाउने भन्ने रस्साकस्सी सुरु हुने देखिन्छ ।
सत्तागठबन्धनले सोचेजस्तो नतिजा हात नपारेकाले शीर्ष नेताहरू असन्तुष्ट बनेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नतिजाप्रति खुसी छैनन् । उनीहरू नेपाली कांग्रेससँग निकै रुष्ट बनेका छन् । तथापि सत्तागठबन्धनको बैठक राखेर छलफल हुने प्रचण्ड र नेपालले बताइसकेका छन् ।

सबैभन्दा पहिलो विकल्प अहिलेका लागि सत्तागठबन्धनलाई नै निरन्तरता दिनु हो । त्यसका लागि ठूलो दलको हैसियतमा कांग्रेस नेतृत्वमा सरकार बन्ने छ । तर त्यसका लागि प्रधानमन्त्री को बन्ने भन्ने यकिन हुन सकेको छैन । प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नै निरन्तरता दिने कि विकल्प खोज्ने भन्नेमा छलफल हुन बाँकी छ । यदि प्रचण्ड, माधव नेपालले माने भने देउवा प्रधानमन्त्री बन्छन् नत्रभने गठबन्धन टुट्छ ।

एमाले अध्यक्ष केपी ओलीले चुनावपछि आफ्नो नेतृत्वमा सरकार बनाउने घोषणा नै गरिसकेका छन् । निर्वाचनको मतपरिणामले एमाले गठबन्धनलाई सरकार बनाउन निकै कठिन छ । किनकि एक सय ३८ सिट पुग्दैन । त्यसैले ओली प्रधानमन्त्री बन्न सबैभन्दा पहिले अहिलेको सत्तागठबन्धन तोडिनुपर्ने हुन्छ । यदि गठबन्धन टुटेमा एमाले, माओवादी र एकीकृत समाजवादीको संयुक्त सरकार बन्नेछ । त्यसका लागि राप्रपासमेत आवश्यक पर्दैन । सजिलै एक सय ३८ पुग्छ ।

तर, एमाले अध्यक्ष ओलीले कस्तो रणनीति अपनाउँछन् भन्ने कुराले नै धेरै कुरा निर्भर गर्छ । अहिलेको गठबन्धन टुटाउन उनले प्रचण्डलाई प्रधानमन्त्रीमा अफर गर्नसमेत सक्नेछन् । त्यसो भएमा कांग्रेस नेतृत्वमा सरकार बन्ने सम्भावना सकिनेछ । विगतको दुई तिहाइ सरकार चलाउन नसकेका ओलीले अब फेरि संयुक्त सरकार चलाउलान् वा प्रतिपक्षमै बस्लान् भन्नेमा धेरैको चासो छ । ओलीले बिहीबार झापा पुगेर चुनावको नतिजाप्रति असन्तुष्टि व्यक्त गरिसकेका छन् । उनले जनताले विवेक नपुर्याएको बताइसकेका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस