NICSF 9.5 0.25 PCBL 292 -2 MHNL 265.5 -0.5 SWMF 812 -13 SJLIC 477 -7.5 UHEWA 476 -11 GHL 218.5 -1.1 GBBLPO 205 0 API 289.5 2.5 PBD85 1079.9 19.9 H8020 10.2 -0.05 RADHI 397.9 7.9 KDL 1059 16 SEF 9.51 -0.24 HEIP 381.8 20.8 MBLD2085 1085 6.5 NBL 292.2 1.2 CYCL 1540 -7 PRSF 9.54 -0.11 SPIL 853 -18 LICN 1995.9 -27.1 LSL 253.5 -5.5 JBLB 1534 -3 UPPER 214.2 -1.8 MKJC 467.9 -1 SKBBL 934 -3 NIBSF2 8.9 0.08 PPL 461 -2.5 GBLBS 738 -10 SAMAJ 3321.1 1.1 NICD83/84 1062 -19 GBBL 447 -6 NIBLGF 9.1 0.38 MKHL 493 -6 USHL 783.2 -13.7 NMB 263.9 -7.1 NESDO 2229 -18 BPCL 449 -7 ILBS 980 -21.5 MERO 760 0.5
×
आजको राशिफल ( मंसिर ७ ) : तपाईंको पेशा, व्यवसाय , सेयर कारोबार कस्तो रहला ?



 

आजको पात्रो : ७ मंसिर २०७९, बुधबार । तद्नुसार नोभेम्बर महिनाको २३ तारिक २०२२ । मार्गकृष्णपक्ष औशी, शकुनि करण, विशाखा नक्षत्र, शोभन योग, चन्द्रमा तुला राशिमा रहेको छ ।

आज बिहान सूर्योदय ०६ः३१ मा हुनेछ भने सूर्यास्त ५ः१० मा हुनेछ । अमावस्या औँशीको दिन आफ्ना मृत्यु भएका पितृको सम्झनामा जल अभिषेक अर्पण गर्ने परम्परा रहेको छ । बुधबार घर गृहस्थसम्बन्धी कार्य गर्ने गरिन्छ ।

आजको दिन आर्थिक कारोबारको लागि राम्रो मानिन्छ । ऋण लिनु परेमा आजको दिन शुभ रहेको छ । अचल सम्पत्तिको कारोबार नगर्नु शुभ हुनेछ । आजको देवता बृहस्पति र ग्रहदेव सूर्य रहेको छ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
मेष राशिका जातकका लागि आजको दिन आकस्मिक अर्थलाभ हुनेछ । दाम्पत्य जीवनमा खुसियाली र सुखद यात्रा हुनेछ । स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ । घरपरिवारबाट सहयोग मिल्नेछ । विगतमा रोकिएका काम सम्पन्न हुनेछ । नयाँ कामको थालनी समेत हुनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
आजको दिन मानसम्मान मिल्नेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । आर्थिक हानी हुनसक्ने छ । आजको दिन खर्च हुने काममा सोच पुर्याउनु होला । मनमा अनेक कुरा खेल्नेछन् । आफन्तजनबाट अपमान हुनसक्छ । घरगृहस्थको बारेमा आफन्तसँग विवाद नगर्नुहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने अलि कष्ट हुनसक्छ । मनमा चिन्ता छाउने छ । अध्ययनअध्यापनको काममा लाग्नु बेस हुनेछ । नयाँ पुस्तक पढ्दा उर्जा प्राप्त हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु राम्रो हुनेछ । आफ्नो नियमित कामबाहेक अन्य काममा चासो नदिनु बेस हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
आजको दिन कर्कट राशिका जातकका लागि पारिवारिक समस्याका कारण मनमा अनेक चिन्ता हुनसक्छ । आजको दिन मौन रहनु भलो हुनेछ । कसैसँग पनि वादविवाद गर्दा अपमान हुनसक्छ । घरपरिवार, मित्रमण्डलीसँग विवाद हुने काम नगर्नु नै वेश हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनसक्छ । यात्राका समस्या हुनसक्छ ।  मित्रमण्डलीको र परिवारको साथ पाउने योग रहेको छ । तपाईले गर्नुभएको कामबाट सन्तुष्ट प्राप्ति होला । कर्म गरेको छु, फल अवस्थ प्राप्त हुन्छ भन्ने सोचका साथ सकारात्मक सोचका साथ कर्ममा लागिरहनु पर्नेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
मानसिक असन्तोष, परिवारमा विवाद हुनसक्ने भएकाले परिवारका सदस्य र आफ्ना इष्टमित्रसँग विवाद नगर्नुहोला । कुनै नयाँ काम शुरु गर्न खोज्दा  बाधा आउनसक्छ । आफूले गरिरहेको नियमित काममा खुसी खोज्नुहोस् । सकारात्मक सोच र देवालय शिवालयको दर्शन गर्नुहोला ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
आजको दिन सुुरु गरेको काम सफल हुनेछ । आज सबैको भलाई हुने काम गर्दा बेस हुनेछ । सामाजिक काममा लाग्ने गर्नुभएको छ भने मानसम्मान प्राप्त हुनेछ । तपाईको मन समाजको हितको काममा लाग्नेछ । परिवार र आफन्तजनले गरेको कामको निकै प्रसंशा गर्नेछन् । चन्द्रमाको साथ रहेको छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । यात्रामा अनावश्यक समस्या आउनसक्छ । स्वास्थ्यमा विशेष ख्याल राख्नुहोला । तपाईले समय खर्च गरेर गरेको कामबाट सफलता प्राप्त नहुनसक्छ । तपाईमा चिन्ता उत्पन्न हुनसक्छ । अर्थलाभ हुने काममा ध्यान दिनु होला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
व्यापार व्यवसायबाट लाभ हुनेछ । सन्तानबाट साथ सहयोग, मित्रमण्डलीबाट नयाँ कार्ययोजना र आफन्तजनको सहयोग हुनेछ । धनु राशिका जातकका लागि आजको दिन कन्यालाई भोजन र दान दिनुभएकामा उन्नति र प्रगतिका बाटो खुल्नेछन् । देवालयको दर्शनले सकारात्मक सोच आउने छ । आज बिहान सूर्योदयको दर्शन गर्नुहोला ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
सातामा आजको दिन कार्यसिद्धि हुनेछ । तपाईले गर्नु खोज्नुभएको काममा सफलता प्राप्त हुनेछ । बिहान सूर्योदयको दर्शन गरेर यात्रा यात्रा गर्दा फलदायी हुनेछ । यात्रा गर्नु छ भने पूर्वतर्फ फर्केर शुरुवात गर्नुहोला । परिवारका सदस्यबीच सम्बन्ध राम्रो हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
कुम्भ राशिका जातकका लागि आजको दिन स्वास्थ्य समस्या हुनसक्छ । मनमा अशान्ति जाग्नेछ । यस्तो अवस्थामा तपाई आफू बसेको स्थान नजिकको मठमन्दिर वा देवालयमा जानु उत्तम हुनेछ । तपाईका लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । परिवारका सदस्यले तपाईको कामको अबमूल्यन गर्नसक्छन् ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
सूर्योदयको दर्शन गर्न उत्तम हुनेछ । परिवारबाट छुट्टिनु पर्ने हुनसक्छ । यात्राको लागि अवसर आउनसक्छ । सोचअनुसारको काम हुनेछ । व्यापार व्यवसायबाट फाइदा हुनेछ । अध्ययन अध्यापनमा केही अवरोध आउनसक्छ । साँझको समयमा देवालय र शिवालयको यात्रा गर्दा मनमा शान्ति प्राप्त हुनेछ । सामाजिक काममा लाग्नु भएको छ भने मान सम्मान मिल्नेछ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस