SFMF 10.2 -0.2 GBIME 256.1 -4.4 DORDI 429 -3.3 SANIMA 326 -10.2 ENL 1102 -18 MBJC 321 -8 MLBS 1532.3 -86.7 NLICL 606 -4 NIBSF2 8.9 0.08 NICSF 9.5 0.25 NIMB 241.9 -9.1 MKHL 493 -6 NICGF2 8.78 -0.02 GUFL 735 5 CHCL 568.9 -8.1 BARUN 379 -6.1 HPPL 316.3 -3.6 NLO 242.1 0 RIDI 235 0 BNT 14350 -50 MFIL 768 48 NICA 452 -13 SCB 691.1 3.6 LVF2 9 0 NMFBS 1435 1 RMF1 9.15 -0.1 SLBSL 1398.4 21.4 HATHY 1322 13 PROFL 655 7 DDBL 916.2 3.1 NIFRA 280 -5 MMKJL 543.6 9.6 MND84/85 1030 2 SJLIC 477 -7.5 BOKD86 1040 18 PBD85 1079.9 19.9 NABIL 594 3 KEF 9 0.28 MPFL 751 5 PRSF 9.54 -0.11
×
सुदूरपश्चिमका सवै क्षेत्रमा माओवादी केन्द्र पछाडी



आइतबार सम्पन्न प्रतिनिधि सभाको मत गणना सुरु हुँदा माओवादी केन्द्रले कुनै पनि स्थानमा अग्रता ल्याउन सकेको छैन ।

प्रतिनिधि सभातर्फ सुदूरपश्चिमका ४ स्थानमा माओवादी केन्द्रबाट उम्मेदवारी परेको थियो । ४ वटै स्थानमा शक्तारुढ गठबन्धनको तर्फबाट माओवादी केन्द्रका साझा उम्मेदवार रहेका थिए । तर कैलाली–३ मा पराजितनै भइसकेको माओवादी केन्द्र अन्य तीन स्थानमा पनि मतान्तरमा पछाडी परेको छ ।

कैलाली तीनबाट माओवादी केन्द्रका कुन्दन चौधरीले उम्मेदवारी दिएका थिए । सो क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी भइसकेका छन् । कैलाली क्षेत्र नम्बर–२ मा माओवादी केन्द्रका उम्मेदवार भगत बडुवाल उम्मेदवार रहेकोमा त्यहाँ पनि हालसम्म नागरिक उन्मुत्ति पार्टीको अग्रता रहेको छ ।

त्यसैगरी कञ्तनपुर क्षेत्र नम्बर–१ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालकी बुहारी विना मगरले उम्मेदवारी दिएकोमा सो क्षेत्रमा हालसम्म नेकपा एमालेका उम्मेदवार तारालामा तामाङले अग्रता लगेका छन् ।

यसैगरी माओवादी केन्द्रले बैतडीमा शत्तारुढ गठबन्धनका तर्फबाट साझा उम्मेदवारी दिएका थिए । सो स्थानमा माओवादी केन्द्रका नरेन्द्र कुँवरले उम्मेदवारी दिएका थिए । तर हाल सम्म बैतडीमा एमालेका उम्मेदवार दामोदर भण्डारीले अग्रता लगिरहेका छन् ।

कांग्रेस, एमालेको ५/५ स्थानमा अग्रता

प्रतिनिधि सभातर्फ सुदूरपश्चिममा नोपली कांग्रेस र नेकपा एमालेले ५/५ स्थानमा अग्रता लगेका छन् । बाजुरा बाहेक प्रदेशका सवै निर्वाचन क्षेत्रमा मतगणना सुरु भइसक्दा नेपाली कांग्रेसले अछाम–२, दार्चुला, डडेल्धुरा तथा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–दुई र तीनमा अग्रता लिएको छ । त्यसैगरी नेकपा एमालेले बझाङ, बैतडी, कञ्चनपुर–१, कैलाली–४ र ५ मा अग्रता लिएको छ ।

अछाम दुईमा नेपाली कांग्रेका पुष्प शाही, डडेल्धुरामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, दार्चुलामा दिलेन्द्र प्रसाद बडू, कञ्चनपुर–२ मा एनपी साउँद र क्षेत्र नम्बर–३ मा रमेश लेखकले अग्रता लिएका छन् ।

बझाङमा एमालेका उम्मेदवार ऐनसिंह महर, बैतडीमा एमालेका दामोदर भण्डारी, कञ्चनपुर क्षेत्र नम्बर–१ मा तारालामा तामाङ, कैलाली–४ मा लेखराज भट्ट र कैलाली–५ मा नारदमुनि रानाले अग्रता लिएका छन् ।

नागरिक उन्मुक्ति पार्टीको दवदवा

एक वर्षअघि दर्ता भएको नागरिक उन्मुक्त पार्टीले स्थानीय तहको निर्वाचनमा पाएको उपलब्धी रक्षा गर्दै थप सफलता प्राप्त गरेको छ ।

स्थानीय तहको निर्वाचनमा ४ पालिका जितेको नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभामा पनि आफ्नो वचस्र्व कायम राख्ने देखिएको छ । नागरिक उन्मुक्ति पार्टीले कैलाली क्षेत्र नम्बर–३ मा जीत हाँशील गरिसकेको छ, भने कैलाली १ मा जीत उन्मुख र क्षेत्र नम्बर–२ मा पनि अग्रता कायम गरिरहेको छ । यो उपलब्धी नागरिक उन्मुक्ति पार्टीका लागि ठूलो सफलता हो ।

२०७४ को निर्वाचनमा कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रहेका रेशमलाल चौधरी भारी मतसहित विजयी भएपछि सो मतलाई जोगाउन उनले आफ्नै पत्नी रञ्जिता श्रेष्ठ (चौधरी) लाई अध्यक्ष बनाएर पार्टी गठन गरेका हुन् । नागरिक उन्मुक्ति पार्टी स्थानीय तहको निर्वाचनबाट कैलालीको ठूलो दल बनेको थियो भने । प्रतिनिधि सभामा पनि तीन स्थानमा जीत हाँशील गर्न सके नागरिक उन्मुक्ति पार्टी कैलालीको ठूलो दल बन्ने छ ।

नेकपा एसलाई सन्तोष

प्रतिनिधि सभा निर्वाचनतर्फ मतगणना जारी रहँदा नेकपा एसलाई सुदूरपश्चिममा सन्तोष मिलेको छ ।  प्रदेशका तीन स्थानमा मात्रै उम्मेदवारी दिएको नेकपा एसले यो समाचार तयार पार्दा सम्म दुई स्थानमा अग्रता कायम गरिरहेको छ ।

डोटी, अछाम–१ र बझाङमा उम्मेदवारी दिएको नेकपा एसले डोटी र अछाम–१ मा अग्रता कायम गर्दै पार्टीका कार्यकर्तालाई सन्तोष दिइरहेका छन् ।

डोटीमा नेकपा एसका तर्फबाट पूर्व मन्त्री प्रेम आले र अछाममा वहालवाला मन्त्री शेरबहादुर कुँवरले अग्रता कायम गरिरहेका छन् । बझाङको सुरुवाति गणनामा भने नेकपा एसका उम्मेदवार भानुभक्त जोशी नेकपा एमालेका ऐन महर भन्दा पछाडी परेका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस