×
Lagani
Lagani Shiksha gif
रवि लामिछानेलाई भोट माग्न चितवन पुगे सेलिब्रेटी कलाकार



मौन अवधि सुरू हुन केही घण्टा बाँकी रहँदा निर्वाचन प्रचार प्रसारका लागि सेलिब्रेटी कलाकारहरू चितवन पुगेका छन् ।

चितवन २बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चुनावी सभामा सहभागी हुन उनीहरू चितवन पुगेका हुन् । कलाकारहरू दिपाश्री निरौला, निर्मल शर्मा गैंडा, किरण केसी, रमेश उप्रेती, आशिफ साहलगायतले रवि लामिछानेलाई निर्वाचनमा मतदान गर्न अपिल गरे ।

Lagani Shiksha gif
sharehubapk रवि लामिछानेलाई भोट माग्न चितवन पुगे सेलिब्रेटी कलाकार

कलाकार दिपाश्री निरौलाले यसपटक चितवनले रविलाई जिताउने विश्वास व्यक्त गरिन् । रविले टेलिभिजन कार्यक्रममार्फत थुप्रै निमुखा जनताको आवाज बोलेको बताउँदै अब संसदमा पुगेरसमेत चर्को आवाज उठाउने बताइन् ।

कलाकार किरण केसीले यसअघि आफूले कुनै पनि पार्टी र उम्मेदवारलाई भोट नमागेको सुनाउँदै रविलाई जनताले जिताउन अपरिहार्य ठानेर अपिल गर्न चितवन आएको बताए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस