CFCL 368 -2.6 AKPL 170 -1.1 ALICL 551 -4 LSL 150 -0.9 HHL 373.5 -11.5 SBCF 7.65 0.17 NIMB 155 -0.4 LLBS 921.1 -23.9 RMF1 7.72 -0.14 STC 4460 -40 AVYAN 680 -18.2 GCIL 485 0.9 NWCL 741 -7 MERO 620 -4 HLBSL 733.5 -8.5 NIL 806 2 RNLI 426 -2.1 SBLD89 1155 104.9 API 171.3 -0.9 MMF1 7.12 0.02 USLB 1849.9 4.9 SBLD84 974.1 -25.9 SMB 1365 -15 MEHL 320 -9 NSIF2 9.32 -0.18 NMBD2085 1020 20 NIMBD90 1040.2 24.7 SWMF 737.1 -8.9 PRSF 8.6 -0.09 PMHPL 232 -4.9 SDLBSL 744.9 -20.1 USHL 484.1 -13.9 TAMOR 385 -3.5 PBD88 1016 -1 EBL 497 -3 SMJC 375 -7.5 IGI 518.5 -1.7 CHCL 442 -8.3 MEL 230 -4 PHCL 302.1 -5.9
×
एभरेष्ट बैंकले अपेक्षाभन्दा कम बोनस घोषणा गरेपछि असन्तुष्टि



पछिल्लो समय सेयर बजारमा बोनसको सिजन नै चलिरहेको छ ।

बैंक, माइक्रो फाइनान्सहरूले बोनस घोषणा गरिरहेका छन् । अपेक्षितभन्दा बढी बोनस घोषणा हुँदा लगानीकर्ताको चाप उक्त कम्पनीको सेयरमा बढ्ने गरेको छ । यद्यपि बोनस कम आएमा उक्त कम्पनीको सेयर मूल्य घट्ने गरेको छ ।

एभरेष्ट बैंक लिमिटेडको शुक्रबार बसेको संचालक समितिको ३३४औं बैठकले आर्थिक बर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस र ४.३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसमेत) गरी कुल रु.१०.३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

उक्त बैठकले वितरणयोग्य मुनाफा रकमबाट सेयरधनीलाई हाल कायम रहेको चुक्ता पूँजी रु.८ अर्ब ८९ करोड ३७ लाख १७ हजार १७८ को ६ प्रतिशत अर्थात ५३ करोड ३६ लाख २३ हजार ३०.६८ बराबरको बोनस सेयर तथा ४.३२ प्रतिशत अर्थात रु.३८ करोड ४२ लाख ८ हजार ५ सय ८२.०९ बराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत) वितरण गर्ने निर्णय गरेको हो ।

बैंकले बोनस घोषणा गरेसँगै लगानीकर्तामा उत्साह भने कम भएको छ । अपेक्षा गरिएको भन्दा कम बोनस घोषणा भएकोले साताको पहिलो दिन आइतबार बजार खुल्दा यसको सेयर मूल्यमा गिरावट आउन सक्ने सम्भावना बढेको छ । सामाजिक सञ्जालमा लगानीकर्ताले बैंकले अपेक्षाअनुसार बोनस नदिएको गुनासो गरिरहेका छन् । EBL Dividend एभरेष्ट बैंकले अपेक्षाभन्दा कम बोनस घोषणा गरेपछि असन्तुष्टि

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस